इटहरी । सुनसरीको इटहरी–२०, तरहरास्थित बराह एग्रो फ्रेस हाउसले शुद्ध, ताजा तथा स्वादिष्ट कालो सुँगुरको मासु प्रतिकेजी ४८० रुपैयाँमा बिक्री गर्दै आएको छ। 

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङद्वारा सञ्चालित इटहरी–१९, अमाहास्थित बराह एग्रो कृषि फर्ममा उत्पादन गरिएको कालो सुँगुरको ताजा मासु फ्रेस हाउसबाट प्रत्यक्ष रूपमा उपभोक्तासम्म पु¥याइँदै आएको हो। फर्ममा आफ्नै तयारीको गुणस्तरीय चारा प्रयोग गरी सरसफाइ तथा स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिँदै सुँगुर पालन गरिएको सञ्चालक गुरुङले बताउनुभयो । फर्ममा उत्पादन गरिएको सुँगुरको मासु उपभोक्तालाई स्वच्छ र ताजा रूपमा उपलब्ध गराउन फ्रेस हाउसमा समेत सरसफाइलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।

बराह एग्रो फ्रेस हाउसले व्यवसायसँगै स्थानीयस्तरमा रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। फ्रेस हाउसमा एक परिवारले रोजगारी पाउँदै आएको र सोही आम्दानीबाट परिवारको जीविकोपार्जन भइरहेको सञ्चालक गुरुङले बताउनुभयो । फ्रेस हाउसमा कार्यरत कर्मचारीले सरसफाइमा विशेष ध्यान दिँदै मासु तयार गर्ने गरेका छन्। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर मासु काट्ने, सफा गर्ने तथा बिक्रीका लागि तयार पार्ने प्रक्रियामा स्वच्छतालाई प्राथमिकता दिइएको जनाइएको छ। अन्य बजारको तुलनामा कम मूल्यमा मासु बिक्री गर्न सकिएको विषयमा सञ्चालक गुरुङले बिचौलियाको भूमिका हटाएर उत्पादकबाट सिधै उपभोक्ता सम्म मासु पु¥याइएकाले मूल्य नियन्त्रण गर्न सम्भव भएको बताउनुभयो ।

उत्पादनदेखि बिक्रीसम्मको प्रक्रिया आफ्नै नियन्त्रणमा रहेकाले लागतसमेत घटाउन सफल भएको उहाँको भनाइ छ। गुरुङ राजनीतिक गतिविधिसँगै व्यवसाय मार्फत रोजगारी सिर्जना र स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सक्रिय हुनुहुन्छ । कृषि फर्ममा उत्पादन भएको मासुलाई आफ्नै फ्रेस हाउस मार्फत बिक्री गर्दै उहाँले उत्पादनदेखि उपभोक्ता सम्मको श्रृंखला आफ्नै व्यवस्थापनमा सञ्चालन गरिरहनुभएको छ । स्थानीयस्तरमै उत्पादित कालो सुँगुरको मासुलाई प्रवद्र्धन गर्दै स्वच्छ, स्वस्थ, ताजा र भरपर्दो मासु उचित मूल्यमा उपभोक्ता सम्म पु¥याउने लक्ष्यका साथ बराह एग्रो फ्रेस हाउस सञ्चालन भइरहेको सञ्चालकको भनाइ छ ।