भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार्फत अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन ऐन अनुसार उक्त बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पालिकाको स्वास्थ्य, शिक्षा, भौतीक पूर्वाधार, विभिन्न सास्कृतीक सम्पदाको सम्र्बधन, कृषि तथा नगदे बालीको विकास, विद्युत् विस्तार र विकास एवं समाजका सबै वर्ग र क्षेत्रको समानुपातिक र समावेशी विकासलाई जोड दिएको छ । जस अन्तरगत गाउँपालिक
काठमाडौं । नेपाल खेलकुद महासंघको स्थायी कमिटी तीन दिन बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहीबार काठमाडौं सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समापन गर्नुभयो । महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित कार्यक्रममा तालिमका सहभागीलाई ज्ञवालीले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै ज्ञवालीले वैचारिक रूपमा प्रतिबद्ध कार्यकर्ताले मात्र संगठनको कामलाई सही रूपमा अघि बढाउन सक्ने बताउनुभयो । त्यसैले प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र तलसम्म लैजानु पर्नेमा उहाँले जोड
काठमाडौं/"खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार" भन्ने मुल नाराका साथ नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदै छ । २०८१ असार ४ गते देखि ६ गते सम्म महासंघको केन्द्रीय कार्यालय मध्य-बानेश्वरमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षता रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यता नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्ण बहा
इटहरी / इटहरी जेसिजको जेसिज सप्ताह २०२४ विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।जेठ २० गते देखि २७ गते सम्म विविध कार्यक्रम गरी मनाएको हो । इटहरी जेसीजका अध्यक्ष सुमन शुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम गर्दै जेसिज सप्ताह सम्पन्न भएको हो । कोशी प्रदेश सरकाले आफ्नो नेतृत्वमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताए ।सो अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा धार्मिक हाजिरी जवाफ , अन्तर जेसीज हाजिरी जवाफ , इटहरी उपमहानगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला,ट्राफिक तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको इटहरी जेसीज वर्ष २०२४
विराटनगर : कोशी प्रदेश अबको केही समयभित्रै खेलकुदमय बन्दै छ। प्रदेशका विभिन्न स्थानमा असारको सुरुवातदेखि खेलकुदका प्रतियोगिताहरु आयोजना गरिँदै छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने सबै प्रतियोगिताहरु असार दोस्रो साताभित्रमा सम्पन्न गर्ने तयारी छ। खेलकुदका विभिन्न १२ वटा प्रतियोगितामध्ये केही असार पहिलो साताबाटै सुरु हुने छन्। केही प्रतियोगिता असार ८ गतेपछि आयोजना गरिने छ। तर, सबै प्रतियोगिता असार १५ गतेभित्र सक्ने गरी तयारी थालिएको छ। बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दिएक
सुनसरी । नेपाल खेलकुद महासंघ उपाध्यक्ष नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनिको फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेकी हुन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिकी सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण पदक हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।
धरान / साउथ कोरिया एसियन कराते च्याम्पियनसिप छनौट प्रतियोगिता धरानमा सम्पन्न भएको छ । भुटानमा हुने आठौँ एसियाली खेलकुदका लागि कोशी प्रदेशका १४ ओटै जिल्लाका कराते खेलाडी हरुका लागी खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार र सनिबार धरान रंगशालामा सम्पन्न भएको हो ।नेपाल कराते महासंघ कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेश खेलकुद बिकास बोर्ड सदस्य सचिव पर्सुराम बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल कराते महासंघ कोशी प्रदेश अध्यक्ष कुबिरमान राइको अध्यक्षता साथै नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोस लगायत कोशी प्रदेशका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउने प्रशिक्षक, खेल
धरान/ नेपालकै उत्कृष्टमध्ये पर्ने धरानको गल्फ खेल मैदानको अनुगमन गरिएको छ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम वस्नेतले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र रहेको कोशी प्रदेशको एक मात्र गल्फ कोर्सको अवस्था र सम्भावनाका बारेमा परामर्श समेत गर्नुभएको छ ।कोशी प्रदेशमा रहेको मात्र एक गल्फ कोर्ष ब्रिटिश घोपा क्याम्प रहदा गोराहरुले यो कोर्ष बनाएका थिए । नेपालमा काठमाण्डौ, पोखरा र पुर्वमा यही धरानमा मात्र गल्फ कोर्ष छ । त्यसैले नेपालमा गल्फ खेलाडी उत्पादनमा धरानको पनि महत्वपुर्ण योगदान छ । गल्फ कोर्ष राष्ट्रकै सम्पत्ति मानेर संरक्षणमा यसको संरक्षण र सम्बर्द्धन गर
विराटनगर —विराटनगरमा सञ्चालित प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा ‘वान एक्स ब्याट’ को विज्ञापन प्रयोग गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले अनुबन्धित सबै खेलाडी फिर्ता बोलाएको छ । क्यानले अनुबन्धित खेलाडीलाई बिहीबार फिर्ता बोलाएसँगै क्रिकेट अम्पायर स्कोरर एसोसिएसन (कुसान) ले पनि म्याच नखेलाउन निर्देशन गर्दै अम्पायर फिर्ता बोलाएको हो । क्यानले खेलाडी र कुसानले अम्पायर फिर्ता बोलाए पनि आयोजकले स्थानीय अम्पायर प्रयोग गरेर प्रतियोगितालाई निरन्तरता दिएको छ ।विराटनगर महानगरपालिका–६ को आयोजनामा जेठ १३ देखि विराटनगर–६ स्थित एमबीजे क्रिकेट मैदानमा सञ्चालित प्रतियोगिता
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आईसीसीले नै बेहोर्ने गर्छ । आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.