धरान/ नेपालकै उत्कृष्टमध्ये पर्ने धरानको गल्फ खेल मैदानको अनुगमन गरिएको छ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम वस्नेतले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र रहेको कोशी प्रदेशको एक मात्र गल्फ कोर्सको अवस्था र सम्भावनाका बारेमा परामर्श समेत गर्नुभएको छ ।

कोशी प्रदेशमा रहेको मात्र एक गल्फ कोर्ष ब्रिटिश घोपा क्याम्प रहदा गोराहरुले यो कोर्ष बनाएका थिए । नेपालमा काठमाण्डौ, पोखरा र पुर्वमा यही धरानमा मात्र गल्फ कोर्ष छ । त्यसैले नेपालमा गल्फ खेलाडी उत्पादनमा धरानको पनि महत्वपुर्ण योगदान छ ।

  गल्फ कोर्ष राष्ट्रकै सम्पत्ति मानेर संरक्षणमा यसको संरक्षण र सम्बर्द्धन गर्नका लागि अनुगमन गरिएको कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव बस्नेतले बताउनुभयो ।

Screenshot_2024_0602_024535

गल्फ कोर्षको संरक्षणमा आफुले पनि प्राथमिकतामा राखेर सहयोग गर्ने बताउँदै उहाले कोर्षको संरक्षणप्रति प्रदेशसरकारको पनि ध्यानाकर्षण गराइ प्रदेश सरकारबाट पनि कोर्षको संरक्षणमा सहयोगको लागि आफ्नो पहल हुने उहाँको भनाई थियो ।

नेपालमा पनि छोटो समयमा नै मुख्य खेलको रुपमा स्थापित भएर प्रचुर सम्भावना भएको यस खेलले गर्दा धेरै नेपाली खेलाडीलाई विश्व सामु चिनाउन सफल भएकोले यो खेललाइ संरक्षण र प्रवर्द्धन गर्नुपर्ने गल्फ खेलाडी भिम दाहालले बताउनुभयो।

IMG-20240602-WA0006

 कोर्षको स्वामित्व वीपी प्रतिष्ठानसँग छ । प्रतिष्ठानले निर्वाणा कन्ट्री क्लबलाई ५० बर्षको लागि लिजमा दिएको थियो । निर्वाणाले कोर्षलाई उचित रेखदेख नगरेको भन्दै विवाद र आलोचना पनि खेप्ने गर्छ । कोर्ष जुनरुपमा रहनुपर्ने हो, त्यस्तो छैन ।

Screenshot_2024_0602_083257

धरान गल्फ क्लबका अध्यक्ष ले धरानको गल्फ कोर्स ब्रिटिशहरुले शुरु गरेको बारेममा जानकारी दिए । सन् १९९० तिर यहाँ छाडेर पोखरामा सिफ्ट भएकाले त्यसपछि धरान गल्फ क्लबको रुपमा शुरु भएको बताए । ‘बिचमा निर्माणा कन्ट्री क्लबले पनि गल्फ चलाउन थालेको थियो, उनले भने, बिचमा त्यो पछि छाडेर हिँडेपछि धरानमा गल्फ धरानेले खेल्दै आएका छौँ ।

धरानको गल्फ खेल मैदानको अनुगमनमा नेपाल खेलकुद केन्द्रीय सचिव बिप्लब घोष, केन्द्रीय सदस्य सिपि पौडेल सुनसरी अध्यक्ष बिकल पौडेल लगायतको उपस्थिति रहेको थियो।