सुन्दरहरैंचा / किवानिस क्लव अफ सुन्दरहरैंचाको अध्यक्षमा पार्वति गच्छदार चयन भएकी छिन । बैठकले गच्छदारलाई अध्यक्षमा चयन गरेको छ ।किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईंले गच्छदारलाई ग्यावल हस्तान्तरण गरेर अध्यक्षमा चयन गरेका हुन । त्यस्तै क्लबको उपाध्यक्ष यादव पौडेल , उपाध्यक्ष हर्कराज राई, लगायत २१ सदस्यीय समिति चयन भएका छन।बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने, बालबालिकालाई शारिरीक,बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष गच्छदारले बताइन ।
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेकोबताइएको छ । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।सुनसरी क्षेत्र नं ४ का सङ्घीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए। झोलुङ्गे पुल सर्भेका लागि ऋषि
मोरङ / बेलबारीको बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको ९ बर्षपछि साधारण सभा तोकिएको छ। बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा आज बसेको सर्बदलिय बैठकले साधारण सभा गर्ने मिति तोकेको हो। पौष ७ र ९ गते बेलबारी नगरपालिकामा नगरप्रमुख दिल प्रसाद राईको अध्यक्षता तथा मोरङ क्षेत्र न.३ (१) र (२) प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह (आयोजक समिति), बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(निर्वाचन समिति), बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(संघर्स समिति), सहित अन्य सरोकारवाला
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्नु भएको छ। भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल हुनु भएको हाे । उहाँले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाउँनु भएको हाे । दिपाले च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका
काठमाडौं / प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ ।हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् ।किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका
इटहरी । मेरी क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्ट मेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन । नमुना कलेजमा अध्ययनरत विएचएम सन् २०२२का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन ।कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै क्रिसमस इभेन्ट कार्यक्रममा ईण्डियन,युरोपियन खानाको परिकारको साथमा सांगितिक प्रस्तुति समेत रहेने कार्यक्रममा अभिभावक,उद्योगी,विद्यार्थी लगायतका एकसय बढीको सहभागिता रहने कलेजका विएचएम कोर्डि
सुन्दरहरैंचा / स्थानीय सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचाले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायान (Quality Assurance and Accreditation - QAA) प्राप्तिका लागि आफ्नो काममा तीव्रता ल्याएको छ । सोमबार बिहान क्याम्पस सभाकक्षमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षतामा भएको बृहत् भेलामा क्याम्पस सञ्चालक समिति सदस्यहरू‚ लेखा समितिका सदस्यहरू‚ पुनरावेदन समितिका सदस्यहरू‚ सल्लाहकार समितिका सदस्यहरू‚ सञ्चालक समितका पूर्वअध्यक्षहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ पूर्वविद्यार्थी समाजका पदाधिकारी एवम् सदस्यहरू‚ छात्रवृत्ति प्रदान गर्ने सङ्घ संस्थाका प्रतिनि
सुनसरी / शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल ई-क्यानको चौथो अधिवेशन तथा ७ औ वार्षिक साधारणसभा सुनसरीको धरानमा पहिलो शत्र सम्पन्न भएको छ । धरानको गजुर प्यालेसमा सम्पन्न भएको उक्त अधिवेशनको उद्घाटन संस्थाका केन्द्रीय अध्यक्ष शेषराज भटराईले गरेका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष शेषराज भटराई,महासचिव दीपकराज भुसाल,सचिव भवनाथ हुमागाईँ, कोषाध्यक्ष आसिक कार्की, केन्द्रीय सल्लाहकार विष्णु पोख्रेल,झापा जिल्ला अध्यक्ष मिलन ओली,ई-क्यानका कोसी प्रदेश प्रमुख सल्लाहकार कमल तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनको दोश्रो सत्र पश्चात् नया कार्यसमिति चयन गर्नेछ ।
काठमाडौं / देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।यही पुस ७ र ८ गते सम्पन्न निर्वाचनमा एक हजार १९६ मत प्राप्त गरी उनी अध्यक्षमा विजयी भएका हुन्। उनका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्। सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी), शोभाकुमारी राउत (मधेश), खेमराज सुवेदी (बागमती),
सुनसरी / नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन पुस २६ गते देखि २८ गते सम्म कैलालीको टीकापुरमा हुने भएको छ ।नागरिक उन्मुक्ति पार्टी( एकीकृत) ले आफ्नो महाधिवेशन आउँदो पुस २६,२७ र २८ गते कैलालीको टीकापुरमा गर्ने १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।पहिचानको आन्दोलनलाई समुदायमा आधारित समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने लक्ष्य सहित भौगोलिक, सांस्कृतिक, ऐतिहासिक पहिचानका आधारमा संघिय प्रदेशहरु स्थापना तथा विकास गर्ने प्रतिबद्धता सहित टिकापुरमा महाधिवेशन गर्ने भएको नागरिक उन्मुक्ति पार्टीका संघिय अध्यक्ष ज्ञानबहादुर गुरूङले बताएका छन् ।महाधिवेशनको तयारी स्वरुप प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.