मोरङ / बेलबारीको बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको ९ बर्षपछि साधारण सभा तोकिएको छ।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा आज बसेको सर्बदलिय बैठकले साधारण सभा गर्ने मिति तोकेको हो।
पौष ७ र ९ गते बेलबारी नगरपालिकामा नगरप्रमुख दिल प्रसाद राईको अध्यक्षता तथा मोरङ क्षेत्र न.३ (१) र (२) प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह (आयोजक समिति), बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(निर्वाचन समिति), बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(संघर्स समिति), सहित अन्य सरोकारवाला निकायका प्रतिनिधि सहित बसेको बैठकमा बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह(संघर्स समिति) संग सहमति हुन नसकेपछि बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको निकासका निम्ति पौष १८ गते निर्धारित समय अनुसार साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ।


