सुनसरी / शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल ई-क्यानको चौथो अधिवेशन तथा ७ औ वार्षिक साधारणसभा सुनसरीको धरानमा पहिलो शत्र सम्पन्न भएको छ ।
धरानको गजुर प्यालेसमा सम्पन्न भएको उक्त अधिवेशनको उद्घाटन संस्थाका केन्द्रीय अध्यक्ष शेषराज भटराईले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष शेषराज भटराई,महासचिव दीपकराज भुसाल,सचिव भवनाथ हुमागाईँ, कोषाध्यक्ष आसिक कार्की, केन्द्रीय सल्लाहकार विष्णु पोख्रेल,झापा जिल्ला अध्यक्ष मिलन ओली,ई-क्यानका कोसी प्रदेश प्रमुख सल्लाहकार कमल तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनको दोश्रो सत्र पश्चात् नया कार्यसमिति चयन गर्नेछ ।


