मोरङ / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको न्यू जनएकता बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अबसर पारेर ज्येष्ठ नागरिकहरुालई सम्मान गरिएको छ । संस्थामा आबद्ध ३० जना ज्येष्ठ शेयरसदस्यहरुलाई मिष्ठान्न भोजन,नगद सहित दोषल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा न्यू जनएकता साकोस ज्येष्ठ नागरिक मञ्च समेत गठन गरिएको छ । मञ्चको संयोजकमा धर्मराज राई र सदस्य सचिबमा हेमबहादुर बस्नेत चयन भएका छन । कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईर्ले संस्थाले आफना ज्येष्ठ सदस्य हरुलाई गरेको सम्मा
धनकुटा / धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यालय पोशाक वितरण गरेका छन् ।वडाध्यक्ष मगरले एक कार्यक्रम बिच महालक्ष्मी नगरपालिका वडा नं. २ मा रहेको ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई ट्याकसुट र टाइ वितरण गरेका हुन् ।वडाध्यक्ष मगरले आफूलाई सरकारले दिएको सेवा–सुविधाबापतको रकम जनतालाई सहयोग गरेको बताए । उनले विद्यालयका ३८ जना विद्यार्थीलाई ट्याकसुट र टाइ वितरण गर्दै आफूले वितरण गरेको कपडाबाट भाईबाहिनीले न्यानो पाउने विश्वास व्यक्त गरे । आफू जनताको सेवक भएकाले विद्यार्थीको आवश्यकताअनुसारको सामग्री वितरण गरेको बताए ।
विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने ९ जना र रजत पदक ल्याउने दुई जना गरी ११ जना कराँतेका खेलाडीहरुलाई बुधबार सम्मान गरेको हो ।जनपथ माविमा सञ्चालित बालाजी डोजोबाट सहभागी भएर ९ स्वर्ण पदक र २ रजक पदसहित शतप्रतिशत सफलता हात पार्दै फस्ट रनरअप पनि बनेर देशको गरौव बढाउने बालाजी डोजाका खेलाडीहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । पढाइसँगै खेलकुदका माध्यमबा
सामाजिक सन्जालमा सकृय इटहरी रकर्स र जनता बहुमुखी क्याम्पस इटहरीका युवा बिध्यार्थी को सहकार्यबाट निश्चला विष्ट बचाउ अभियान चलाएको छ ।ब्लड क्यान्सरले पीडित निश्चला बिष्टको उपचारमा सहयोग पुर्याउने ऊध्देस्यले जनता बहुमुखी क्याम्पस इटहरीबाट रु. २२,६६५ र इटहरी रकर्स नामक चर्चित फेसबुक ग्रुपबाट संकलन गरेको रु.३८,००० गरेर एकमुष्ट रु.६०,६६५ (साठ्ठी हजार छ सय पैसठ्ठी) रुपैयाँ निश्चला विष्टको परिवारलाई हस्तान्तरण गरेका बिध्यार्थी उज्ववल सिग्देलले बताए ।
भोजपुर / भोजपुरमा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिए । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने छन् ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव ग्याल्जेन शेर्पाले बताए ।प्रतियोगि
इटहरी / इटहरी जेसिजको ३६ औं पदस्थापना तथा इटहरी जुनियर जेसिजको १८औं पदस्थापना एक कार्यक्रमका विच सम्पन्न भएको छ ।कार्यक्रममा इटहरी जेसिजका वर्ष २०२३ का अध्यक्ष योगेन्द्र पौडेलले वर्ष २०२४का सुमन सुवेदीलाई पदभार सहित जेसिज चेन हस्तान्तरण गरेका थिए । इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । इटहरी जुनियर जेसिजकी वर्ष २०२३ की अध्यक्ष स्मृति न्यौपानेले वर्ष २०२४ का पवन विष्टलाई पदभार सहित जेसिज चेन हस्तान्तरण गरिन । कार्यक्रममा वर्ष २०२४का इटहरी जेसिजको कार्यसमितिलाई अध्यक्ष सुमन सुवेदीले पदस्थापना गराएका थिए ।वर्ष २०२४ का लागि इटहरी जेसिज
मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका -११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ ।मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गोल्ड मेडल जित्ने मोरङकी दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरेको हो ।दीपा र कविरलाई जिल्ला मोरङ स्ट्रेन्थलिफ्टिङ संघ मोरङका
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी थिइन् । त्यसै गरी जुनियर जेसिज वर्ष २०२३ का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे । पदस्थापन कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष थापाले आफनो कार्यकालमा नेतृत्व तथा व्
इटहरी / जनता बहुमुखी क्याम्पस इटहरिमा नेपाल बिद्यार्थी संघले नारा सहित विरोध प्रदर्सन गरेको छ । नेपाल बिद्यार्थी संघले उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट गर भन्ने नारालाई अत्मासाथ गर्दै बिरोधि नारा सहित विरोध प्रदर्शन गरेको हो ।बिरोध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति , इकाई सभापति ,सदस्यहरु लगाए अन्य बिद्यार्थी हरुको उपस्थितमा नारा लगाएर विरो गरिएको हो ।नारा लगाउने क्रममा दलिय भागवण्डाको अन्त्य गर , शिक्षाको दलियकरण अन्तय गर ,विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर , उपकुलपतीको परीचय दलको झण्डा नहोस , ज्ञानको पुन्ज होस , फेरी गल्ती नगरौ ,विश्वविध्यालयक
इटहरी / इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । आज इटहरीको रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई दीक्षित गरिएको हो ।उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फेलगायतले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । ३५ दिन सम्म चलेको तालिममा रामतपेश्वर यादब लगायतका टोलिले प्रशिक्षण गरेका थिए । दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.