सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । 

कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा  भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई  चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी थिइन् । 

 त्यसै गरी जुनियर जेसिज वर्ष २०२३ का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे । पदस्थापन कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष थापाले आफनो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजकाे आस्था र विश्वास अनुसार काम गर्ने उल्लेख गरे ।  पदस्थापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियाे ।