मोरङ / मोरङको  बेलबारी ११ लक्ष्मीमार्गमा  रहेको न्यू जनएकता बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको  अबसर पारेर ज्येष्ठ नागरिकहरुालई सम्मान गरिएको छ ।

 संस्थामा आबद्ध ३० जना ज्येष्ठ शेयरसदस्यहरुलाई मिष्ठान्न भोजन,नगद सहित दोषल्ला ओढाएर सम्मान  गरिएको   थियो । कार्यक्रममा न्यू जनएकता साकोस ज्येष्ठ  नागरिक मञ्च समेत गठन गरिएको छ । मञ्चको संयोजकमा धर्मराज राई र सदस्य सचिबमा हेमबहादुर बस्नेत चयन भएका   छन ।

 कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईर्ले संस्थाले आफना ज्येष्ठ सदस्य  हरुलाई गरेको सम्मान अनुकरणीय रहेको बताए । ज्येष्ठ नागरिकहरु जिबिति देवता रहेकोले सबैले उनीहरुको सम्मान गर्नुपर्ने धारणा राखे ।  उनले ज्येष्ठ नागरिकहरुका लागि वडाले समेत बिशेष योजनाहरु   राखेको उल्लेख     गरे । कार्यक्रममा संस्थाका निर्बतमान अध्यक्ष जगतबहादुर बस्नेतले संस्थाले आयोजना गरेको यो कार्यक्रम अत्यान्तै सकरात्मक  रहेको बताए ।  संस्थाका अध्यक्ष     नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिब सुर्य अधिकारीको सञ्चालन   र उपाध्यक्ष बलबहादुर मगरको स्वागत मनतब्य रहेको    थियो ।1704385719093