बिराटनगर / एमाले कोशी प्रदेश संसदीय दलले साेमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेतालाई खुशी पार्न ल्याएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेकाे छ ।पत्रकार सम्मेलनमा बाेल्दै एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संसद्लाई छलेर दीर्घकालीन प्रभाव पार्ने विषयमा सरकारले अध्यादेश ल्याउनु आपत्तिजनक रहेकाे बताउनुभयाे । सिद्धान्तविपरीत ल्याइएकाे साे अध्यादेश तत्काल फिर्ता नलिए संसद्बाटै निष्क्रिय पार्ने चेतावनी समेत उहाँले दिनुभयाे।प्रदेश संरचनामा सबैतिर हमला भइरहेकाे अवस्थामा प्रदेश संरचनालाई समेत बदनाम गर्नेगरी अनावश्यक रुपमा सुविधा दिनेगरी अध्यादेश ल्याइनु घा
सुन्दरहरैंचा/ महिला बचत तथा ऋण सहकारी संस्था ले आफ्ना सेयर सदस्यहरुका लागि राहतकाेष बनाएर घाइते बिरामी हुँदा नगद सहित सहयोग गर्ने गरेका छ ।यसै क्रममा महिला साकोसको बुढीगंगा सकारात्मक सेवाकेन्द्र सुन्दरहरैचा ४ बाँसबारी, अन्तरगतका सदस्यहरुतारादेवी राना मगरलाई बिगत ४ महिनादेखि क्यान्सर भई सो रोगको उपचार गराउदै आउनुभएकोले घरमै पुगि सदस्यको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थाको राहतकोष कार्यविधिको नियमानुसार उपचार राहत रु.२०,००० र क्रमशः किरण दाहालको हात भाँचिएको, रमेस साहु को खुट्टा भाँचिएको र श्री उमादेवी खनाल को खुट्टा भाँचिएको हुदाँ संस्थाकाे राहतकाेष कार्यबिधि बमाेजिम प्रु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई समूह बिच कुटाकुट भएको छ । सोमबार दिउँसो ४ बजे सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित त्रिवेणीमा रहेको फुटबल मैदानमा दुई समूह बिच कुटाकुट भएको हो ।दुई समूह बिच झगडा हुँदा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ बस्ने वर्ष २० का प्रतीक पोखरेल घाइते भएका छन । घाइते पोखरेललाई विराटचौक स्थित सुकुना सामुदायिक हस्पिटलमा उपचारको लागि लगिएको छ ।प्रहरीले घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्यक्तीहरु भने भागेका छन। प्रहरीले एकजनालाई पक्राउ गरेर थप अनुसन्धान गर्दै अन्यको खोजी कार्य गरिरहेको छ ।
इटहरी । युवा पुस्तामा रुचाएकी गायिका गंगा बिष्ट र ऋषी खड्काको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।ऋषी खड्काको शब्द संगीत र बिशाल निरौलाको संयोजन गीतमा रहेको छ । मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा रहेको छ । ’जुनी जुनी ’ गीतको भिडियोमा ऋषी खड्का र सुसिला तिम्सिना को अभिनय रहेको छ ।https://m.youtube.com/watch?embeds_referring_euri=https%3A%2F%2Fpradeskhabar.com%2F&source_ve_path=MTY0OTksMjg2NjQsMTY0NTAz&feature=emb_share&v=G3
इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० सञ्चालन हुदैछ ।हिसान स्कुल सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा आज इटहरीको बुढा सुब्बा खेलमैदानमा फुटबल प्रतियोगिताको खेलमा सुस्मा कलेज , सिबि कलेज, इटहरी नमुना कलेज , कस्तुरी कलेजका विद्यार्थीको सहभागीमा फुटबल प्रतियोगिता भएको हो ।स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिता पुर्वान्चल सेकेण्डरी स्कुल तरहरामा, बास्केटबल सुस्मा सेकेण्डरी स्कुल इटहरीमा, टेबल टेनिस, ब्याटमिन्टन, एथलेटिक्स इटहरी रंगशालामा हुने भएको छ ।कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भ
इटहरी,१५ माघ । सुनसरीको इटहरीमा भएको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको दुई दिने "अनेरास्ववियु पाठशाला"सम्पन्न भएको छ ।अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा माघ १४ देखि १५ गते सम्म संचालन भएको "अनेरास्ववियु पाठशाला" आज सोमबार सम्पन्न भएको हो ।कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका अनेरास्ववियुका नेता कार्यकर्तालाई बैचारीक क्षमता अभिबृद्दी गर्ने उदेश्यकासाथ "अनेरास्ववियु पाठशाला"को आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिए । करिव सय भन्दा बढीको संख्यामा रहेका प्रदेशभरका जिल्लाहरुबाटबाट सहभागि विद्यार्थी नेताहरुलाईलाई आर्टिफिशियल इंटेलिजेंसक
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ३ ले युवाहरूलाई आत्मनिर्भर बनाउन कफि सम्बन्धि तालिम दिइरहेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा संगम कोशी टेक्निकल ईन्च्टियुट प्रा. लि. को प्रविधिक सहयोगमा १५ दिने कफी मेकिङ्ग ( बारिष्ता) तालिम सञ्चालन गरीएको छ । इटहरीको संगित चोकमा अवस्थित संगम कोशी टेक्निकलको कार्यालयमा कफी मेकिङ्ग सम्बन्धि तालिममा इटहरी ३ का १० जना युवाहरूलाई सहभागी गराइएको छ । इटहरी ३ का सबै युवाहरूले तालिम प्राप्त गरेपछि स्वरोजगार भइ भविष्यमा तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने तालिममा सहभागी उश्व तामाङले बताउनुभयो । वडाले युवाहरूलाई लक्षित गरे
इटहरी / नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दुई दिने "अनेरास्ववियु पाठशाला"कार्यक्रम इटहरीमा सुरु भएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा इटहरीमा माघ १४ देखि १५ सम्म चल्ने "अनेरास्ववियु पाठशाला" उदघाटन कार्यक्रम कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलकाे अध्यक्षता अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पुर्वमुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले को
इटहरी । इटहरी स्थित सुष्मा गोदावरी कलेजमा साइवर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरूलाइ साइबर सुरक्षा सम्बन्धी जानकारीमूलक कार्यशाला सम्पन्न गरिएको हो ।कार्यशालामा बिद्यार्थीहरूलाइ फेसबुक तथा सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा प्रयोग गर्ने , ह्याक भएका आइडी कसरी फिर्ता ल्याउने , पासवर्डको सुरक्षा कसरी गर्ने लगायतका विषयहरू समावेश गरिएको थियो । ग्राफिका इन्टरनेश्नल प्रा.ली. एवम् पूर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक समेत रहेका सुरेश चन्द्र दाहालले बिद्यार्थीहरूलाइ एक दिने प्रशिक्षण प्रदान गरेका थिए ।सहभागी विद्यार्थीहरूले कार्यशालामामा सिकेका जा
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १९ मा रहेको लिटल पिस हेभन इङ्गलिस एकेडेमिले विद्यालय परिसका अग्रज अभिभावकहरुलाई धरानमा रहेको बुढाशुब्बा, दन्तकाली र पिण्डेश्वरी मन्दीरमा तिर्थयात्रा लगेको छ । पढाइ सँगसगै विधार्थीहरुलाइ अतिरिक्त क्रियाकलापहरुमा अब्ल बनाउने साथै आफ्ना छोरा छोरिले विद्यालयमा कस्तो पढिरहेका छन भन्ने कुरा अभिभावकहरुलाई जानकारी गराउने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको विद्यालयका शिक्षा निर्देशक नविन सुवेदीले बताउनु भयो । तिर्थयात्रामा सहभागी अग्रज अभिभावकहरुलाई विद्यालयले खादा तथा रुदाक्षको माला लगाएर सम्मान गरेको छ । यसरी अग्रज अभिभावकहरुलाइ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.