इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १९ मा रहेको लिटल पिस हेभन इङ्गलिस एकेडेमिले विद्यालय परिसका अग्रज अभिभावकहरुलाई धरानमा रहेको बुढाशुब्बा, दन्तकाली र पिण्डेश्वरी मन्दीरमा तिर्थयात्रा लगेको छ ।
पढाइ सँगसगै विधार्थीहरुलाइ अतिरिक्त क्रियाकलापहरुमा अब्ल बनाउने साथै आफ्ना छोरा छोरिले विद्यालयमा कस्तो पढिरहेका छन भन्ने कुरा अभिभावकहरुलाई जानकारी गराउने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको विद्यालयका शिक्षा निर्देशक नविन सुवेदीले बताउनु भयो ।
तिर्थयात्रामा सहभागी अग्रज अभिभावकहरुलाई विद्यालयले खादा तथा रुदाक्षको माला लगाएर सम्मान गरेको छ । यसरी अग्रज अभिभावकहरुलाइ तिर्थयात्रामा लग्ने लिटल पिस हेभन इङ्गलिस एकेडेमि सुुनसरी जिल्लाको पहिलो रहेको विद्यालयको दाबी छ ।
अतिरिक्त क्रियाकलाप अन्र्तगर विद्यार्थीहरुका लागी लङजम्प ,भलिबल, रिले दौउड, टेबलटेनिस नृत्य लगाएल थुपैै्र खेलहरु भएका छन भने विद्यालय परिसमा रहेका मन्दीर सरसफाइ गरेको छ । अभिभावहरुकहरुलाइ समेत हन्डीफोर म्युजिकलचियर खेल्ल खेलाएको छ ।
यहि माघ १० गते बाट सुरु भएको अभिभावक भेला तथा वार्षीक खेलकुद कार्यक्रम अन्र्तरगत लिटल पिस हेभन इङ्गलिस एकेडेमिले विभिन्न कार्यक्र्रम गरि १९ नम्बरका वडाअध्यक्ष श्रीनारायण चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आज समापन भएको हो ।


