इटहरी / नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दुई दिने "अनेरास्ववियु पाठशाला"कार्यक्रम इटहरीमा सुरु भएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा इटहरीमा माघ १४ देखि १५ सम्म चल्ने "अनेरास्ववियु पाठशाला" उदघाटन कार्यक्रम कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलकाे अध्यक्षता अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पुर्वमुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको विशिष्ट आतिथ्यतामा सुरु भएको थियाे ।
"अनेरास्ववियु पाठशाला" को पहिलो दिन संगठनका अध्यक्ष समिक बडालले उदघाटन गर्दै कार्यक्रम सुरु भएको हो । उदघाटन कार्यक्रममा अनेरास्ववियुका पुर्वअध्यक्ष नेकपा एमाले स्थायी कमिटी सदस्य एव कोशी प्रदेशका पुर्वमुख्यमन्त्री हिक्मत कार्की र नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
अनेरास्ववियुका नेता कार्यकर्तालाई बैचारीक क्षमता अभिबृद्दी गर्ने उदेश्यकासाथ "अनेरास्ववियु पाठशाला"को आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिए ।
त्यसैगरी अनेरास्ववियुका सचिव आरती भट्टराई,मनोज ताम्ली,नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा जनसंगठन संवन्वय प्रमुख बाबुराम थापा,एमाले कोशी प्रदेश कमिटी सदस्य अञ्जु पाण्डे,पार्टी केन्द्रीय विभाग सदस्य बद्री अर्याल अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको अनेरास्ववियु कोशी प्रदेश सदस्य रिजेन भट्टराईले जानकारी दिए ।


