इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ३ ले युवाहरूलाई आत्मनिर्भर बनाउन कफि सम्बन्धि तालिम दिइरहेको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा संगम कोशी टेक्निकल ईन्च्टियुट प्रा. लि. को प्रविधिक सहयोगमा १५ दिने कफी मेकिङ्ग ( बारिष्ता) तालिम सञ्चालन गरीएको छ । इटहरीको संगित चोकमा अवस्थित संगम कोशी टेक्निकलको कार्यालयमा कफी मेकिङ्ग सम्बन्धि तालिममा इटहरी ३ का १० जना युवाहरूलाई सहभागी गराइएको छ । इटहरी ३ का सबै युवाहरूले तालिम प्राप्त गरेपछि स्वरोजगार भइ भविष्यमा तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने तालिममा सहभागी उश्व तामाङले बताउनुभयो ।
वडाले युवाहरूलाई लक्षित गरेर स्वदेशमै केही गर्न , स्वरोजगार बन्न सकुन भनेर तालिम आयोजना गरेको संस्थाकि सञ्चालक सीता घिमिरेले बताउनुभयो ।
३ का युवाहरूलाई व्यवसायीक बनाउने, स्वरोजगार बनाउने उदेश्यका साथ बारिष्ता सञ्चालन गरेको वडा अध्यक्ष उमेश सुवेदीले बताउनुभयो । युवाहरूको आवश्यकतालाई मध्यनजर गरेर तालिम गराइएको वडा अध्यक्ष सुवेदीको भनाइ छ ।
तालिम प्रशिक्षक सफल मगरले १५ दिन सम्म दिने बताइएको छ । वडाले १ लाख ५० हजार बजेट छुट्टाएर तालिम सञ्चालन गरेको हो । वडाले युवा , महिला बालबालिका कृषकका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।


