इटहरी । नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी वडा नं १२ को कार्यालयले ६ दिने नेतृत्व बिकास, उद्घोषण तथा तालिम सुरु गरेको छ । कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं १२ कि वडा सदस्य बिन्दा केसीको अध्यक्षता तथा वडा अध्यक्ष भुवनराज पोख्रेलको प्रमुख आतिथ्यतामा सुरु गरेको हो।तालिममा वडा नं १२ का बिभिन टोल बाट प्रतिनिधीत्व गर्दै ३१ जना महिला, पुरुषहरुको सहभागिता रहेको वडा सदस्य सन्जय मिश्रले बताउनुभयो। इटहरी उपमहानगरपालिका वडा न. १२ को आयोजना तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा. लि. सुन्दरहरैचाको सहकार्यमा माघ २४ गते बाट १९ गते सम्म चल्ने ६ दिनको त
इटहरी / छोटो समय मै प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा जनता माविले प्रोत्साहन स्वरुप पुरस्कार पाएको छ । इटहरीको जनता माविले पाँच वर्षको अवधिमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यस वर्ष साइन्स विषयलाई प्राथमिकता दिएर पुर्वाधार निर्माण गरिरहेकोमा । ९ कोठाको साइन्स ल्याब बनाएको छ । ४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरु कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रयोग गर्नेछन् । विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थ
इटहरी / इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ । इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन । भवन निर्माण भए सँगै अत्याधुनिक र सुबिधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाई छ । शिलान्यास कार्यक्रममा उप प्रमुख संगिता चौधरी, इटहरी ९ का वडा अध्यक्ष जितेन थापा, उपमहानगरका प्रवत्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो । श्री अर्थ/हाम्रो/श्रीमान हेटौंडा-६,मकवानपुरले ९ करोड ४८ लाख ८३ ह
भोजपुर / भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वृद्धबृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालय मार्फत नै वितरण गरेपछि सेवा प्रवाह प्रभावकारी भएको छ ।गाउँपालिकाले वडा तहमा संचालन गरेको सामाजिक सुरक्षा भत्ता शिविरमा नौ सय ३९ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । गाउँपालिका मार्फत चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकको सुरक्षा भत्ता शिविर वडा तहमा संचालन गरेर सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । शिविरसँगै जेष्ठ नागरिक, आपांग भएका व्यक्ति, एकल महिलाहरु लागि स्वास्थ्य परीक्षणको समेत ब्यवस्था मिलाईएको थियो ।गाउँपालिका पुग्न नपरेर गाउँमै भ
इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पस कमिटी द्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।क्याम्पसमा पढ्न आएका नव आगन्तुक कक्षा ११ र स्नातहक प्रथम वर्षका २ हजार बढी विद्यार्थीलाई सांस्कृतिक नृत्य प्रस्तुत सहित स्वागत गरिएको थियो । गायक रिजन डागिले आफ्नो गायन समेत प्रस्तुत गरेका थिए ।क्याम्पसले नव आगन्तुक विधार्थीलाई स्वागत गर्ने तर्फ कुनै चासो न देखाको कारण अखिल (क्रान्तिकारी) ले उक्त कार्यक्रम गरेको कार्यवाहक अध्यक्ष नारान थापाले बताए ।जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारीले क्य
मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका -६ दुलारी स्थित साजीलाल माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको विद्यालयकाे वार्षिकोत्सबमा साेमवार समुदघाटन, प्रतिवेदन प्रस्तुत, मुखपत्र विमोचन, पुरस्कार तथा सम्मान र विविध संस्कृतिक कार्यक्रम भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए । उनले अहिले विद्यालयका चाैर र खेल मैदान मासेर सटर निर्माण भइरहेकाे देख्दा उदेक लागेर आउँने गरेकाे बताए। उनले किताबी ज्ञानभन्दा पनि प्राकृतिक र प्रयाेगात्मक शिक्षाले मात्रै ज्ञान प्राप्त हुने गरेकाे हाम्रा शिक्षकले ब
इटहरी / अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीले सम्मान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार जनता बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित रुक्मणी कोइराला सहित क्याम्पसकी एक छात्रालाई सम्मान गरेको हो । कोशी प्रदेशबाट विजयी हुन सफल भन्दै कोइरालालाई सम्मान गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य रिजेन भट्टराईले जानकारी दिए । सम्मान ग्रहण गर्दै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कोइरालाले आफूलाई निर्वाचित गराउन अहोरात्र खटिनुहुने पार्टी पंक्तिका तमाम नेता तथा कार्यकर्ताहरू प्रति कृतज्ञता व्यक्त गरकी थिइन्। आफ्नो कार्यकालको
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा चौतारी सुनसरीले मिडियाको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा अन्तर्क्रिया आयोजना गरेको छ ।अन्तर्क्रियामा मिडिया उद्योगको अवस्था र चुनौती, श्रमजीवी पत्रकारको अवस्था, स्वरोजगार मिडिया र अनौपचारिक मिडियाको सूचनामा प्रभाव र आमजनमानसको विश्वसनीयता र मिडियामा देखिएको सङ्कटबारे छलफल गरिएको थियो । वर्तमान अवस्थामा मिडियाका चुनौती र सम्भावनाका विषयमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा मिडिया धरासायी हुँदै गएको तथ्य प्रस्तुत गरेका थिए । कार्कीले मिडिया सङ्कट, चुनौती र सम
इटहरी / विश्व क्यान्सरको दिवसको अवसरमा इटहरी वडा नम्बर १५ र १६ मा क्यान्सर सम्वन्धि ग्रामिण सचेतना तथा परिक्षण कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर १५ र १६ को आयोजनामा महिलाहरूको पाठेघर क्यान्सर सम्बन्धि समस्या र महिलाको रोग सम्बन्धि सचेतना गराइएको हो । इटहरी मेडिकलका स्वास्थ्यकर्मी र इटहरी अस्पतालका स्वास्थ्य कर्मीहरूले क्यान्सर रोगबाट हुने स्वास्थ्य समस्याका विषयमा घरदैलो कार्यक्रम गरेर जानकारी गराएका थिए ।क्यान्सर रोग जटिल रोग भएकाले समयमै ध्यान दिन सके यसबाट बच्न सकिने इटहरी अस्पतालका डाक्टर निशा अधिकारीले बताउनुभयो । महिलाहरूको सामान्य उपचार यहीँ भएकाले जटिल रोग
धनकुटा : धनकुटाका एक युवकको जापानमा मृत्यु भएको छ । तिन महिनाअघि अध्ययनका लागि जापान पुगेका जिल्लाको सहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलको उपचारका क्रममा मिए युनिभर्सल हस्पिटलमा मृत्यु भएको हो।गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एशिया प्रान्त उपसंयोजक जापान निवासी दिपक केसीले ह्रदयघातका कारण मृत्यु भएको बताए । जापानस्थित मिए जापानिज भाषा स्कुलमा अध्ययन गरिरहेका उनी चार जना साथीसँगै बस्दै आइरहेका थिए।आइतबार बिहान जापानी समय अनुसार बिहान ३:५४ बजे पौडेललाई हृदयघात भएपछि उनीसँगै बसेका साथीले एम्बुलेन्स बोलाएर अस्पताल लगिएकोमा उपचारको क्रममा उनलाई जापानी समयअनुसा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.