इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जनता  बहुमुखी क्याम्पस कमिटी द्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।

क्याम्पसमा पढ्न आएका नव आगन्तुक  कक्षा ११ र स्नातहक प्रथम वर्षका २ हजार बढी विद्यार्थीलाई सांस्कृतिक नृत्य प्रस्तुत सहित स्वागत गरिएको थियो ।  गायक रिजन डागिले आफ्नो गायन समेत प्रस्तुत गरेका थिए ।

क्याम्पसले नव आगन्तुक विधार्थीलाई स्वागत गर्ने तर्फ कुनै चासो न देखाको कारण अखिल (क्रान्तिकारी) ले उक्त कार्यक्रम गरेको कार्यवाहक अध्यक्ष नारान थापाले बताए ।

जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारीले  क्याम्पसमा आउने नव आगन्तुक विद्यार्थीहरूलाई सहज र सरलता प्रदान गर्न क्याम्पसको तर्फबाट जुनसुकै कदम चाल्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथी हरेका कोशी प्रदेशका  वन तथा पर्यटन मन्त्री गणेश प्रसाद उप्रेती(सुशील ) ले क्याम्पसले अघि बढाएका निति कार्यक्रम अन्तरगत खानेपानीको अभावलाई प्रदेश सरकारले साथ दिने र क्याम्पसमा छात्रा बास बनाउने योजना सफल बनाउन हरतहर प्रयोग गर्ने बताए ।

कार्यक्रमका अध्यक्ष जनता बहुमुखी क्याम्पस कमिटीका कार्यवाहक अध्यक्ष नारान थापाले गरेका थिए । जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास के .शी , विद्यालय व्यवस्थापन समिती सदस्य कविन्द्र केसि,  ने.क. पा माओवादी केन्द्र इटहरी नगर इन्चार्ज मदन चुडाल, अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष नवीन दाहाल, जनता  क्याम्पस उप-प्रमुख  डा. तोलनाथ काफ्ले, स्ववियु  सभापति सहदेव काफ्ले ,कक्षा ११,१२ का विद्यार्थी , स्नातहकका विद्यार्थी लगाएतको उपस्थिति रहेको  थियोे ।IMG_20240205_102406IMG_20240205_230956