इटहरी । नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी वडा नं  १२ को कार्यालयले ६ दिने नेतृत्व बिकास, उद्घोषण तथा  तालिम सुरु गरेको छ । कार्यक्रम  इटहरी उपमहानगरपालिका वडा नं १२ कि वडा सदस्य बिन्दा केसीको अध्यक्षता तथा वडा अध्यक्ष भुवनराज पोख्रेलको प्रमुख आतिथ्यतामा सुरु गरेको हो।

तालिममा वडा नं १२  का बिभिन टोल बाट प्रतिनिधीत्व गर्दै ३१ जना महिला, पुरुषहरुको सहभागिता रहेको वडा सदस्य सन्जय मिश्रले बताउनुभयो। 

IMG_20240207_122607

इटहरी उपमहानगरपालिका वडा न. १२ को आयोजना तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा. लि. सुन्दरहरैचाको सहकार्यमा माघ २४ गते बाट १९ गते सम्म चल्ने ६ दिनको तालिम प्रशिक्षक सिमा बस्नेत, अनिल पोख्रेल, उसा किरण भट्टराई ले सहजिकरण गर्ने प्रेस नेटवर्क मेनेजमेन्टका अध्यक्ष बिकल पौडेलले बताउनुभयो ।

IMG_20240207_130723

उद्घोषण तथा नेतृत्व विकासमा वडावासिहरुको क्षमता अभिबृद्धी गर्ने तर्फ मध्यनजर गर्दै १२ नम्वर वडाका ३१ जना सहभागी गराएर तालिमको आयोजना गरेको वडा सदस्य स्याम कुमार शाह ले  बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै वडा सदस्य बिमलि सरदारले तालिम उपलब्धि मुलक भएकोले ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । 

तालिममा सहभागीले देखाएको हौसला लाइ ब्यवहारमा उतारेर अघि बढे वडाले आगामी वर्षमा पनि यस्तै बजेट बिनियोजन गरेर तालिम गराउने वडा सचिव राजकुमार बिश्वकर्मा ले बताउनुभयो ।