इटहरी / छोटो समय मै प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा जनता माविले प्रोत्साहन स्वरुप पुरस्कार पाएको छ । 

इटहरीको जनता माविले पाँच वर्षको अवधिमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यस वर्ष साइन्स विषयलाई प्राथमिकता दिएर पुर्वाधार निर्माण गरिरहेकोमा । ९ कोठाको साइन्स ल्याब बनाएको छ । 

४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरु कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रयोग गर्नेछन् । विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको संख्या निरन्तर बढ्दै गएपछि विद्यालयले पुर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । विधालयका प्राध्यनाध्यपक पशुपति सिग्देल भन्छन् । २०७४ देखि विधालयले नमुना विधालयको अपधारण लिएर अघि बढेको स्मरण गर्दै पहिले भौतिक गुणस्तरमा जोड दिएर अघि बढेको र अबका दिनमा शैक्षिक गुणस्तरमा जोड दिएर अधिबढने, भैतिक संरचनाको अभाबको कारणले गर्दा विधालयमा धेरै विधार्थी भर्ना गर्नको लागि असमर्थ रहेकाले प्रवेश परिक्षमा उर्तिण हुने विधार्थीहरुले मात्र विधालयमा भर्ना हुने जिकिर गदै व्यवस्थापन समिति जुझारु भएर अघि बढेको सिग्देलले जानकारी गराउनु भयो । 

विद्यालयले एसइइ परिक्षामा समेत राम्रो नतिजा ल्याइरहेको छ । गत वर्षको एसईई परीक्षामा सहभागि २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका थिए । अभिभावक रणुका कोइराला भन्छिन् । निजि विधालयमा भन्दा समुदायिक विधालय जनता माविमा शैक्षिक गुणस्तर राम्रो भएको हुदाँ आफ्ना बालबच्चालाई सो विधालयमा भर्ना गर्न तर्फ सबैलाई कोइरालाले आग्रह गरिन् । 

 इटहरी वडा नं. ९ मा रहेको भवन अगाडिको आफ्नो ग्राउण्डलाई विद्यालय माताहत ल्याएको छ । विद्यार्थीको संख्या बढेपछि लामो समयदेखि सार्वजनिक मेला, महोत्सवमा प्रयोग भइरहेको स्कुलको जग्गालाई अब कम्पाउण्डभित्र समेट्ने  जनता माविले प्रयोस गरेको छ  । यसका साथै अगाडी बास्केटबल कोर्ट लगायत खेल पुर्वाधारहरु निर्माण गर्ने काम पनि भइरहेको छ । काशीनाथ दंगालको नेतृत्वमा व्यवस्थापन समिति आएपछि विद्यालय सुनसरी कै आकर्षणको केन्द्र बनेको छ ।

विद्यालयको शिक्षण र व्यवस्थापन चुस्त छ भने, भौतिक पूर्वाधार निर्माणका कामहरु पनि भइरहेका छन् । दंगाल भन्छन् विधार्थीलाई सामाजिक उत्तरदायी बनाउनकोलागि समेत विभिन्न कार्यक्रम लिएर अघि बढेको र विधार्थीको अत्यधिक चाँपको कारण विधालयको कम्पाउडलाई एकृकित गरेको र आगामि दिनमा कुनै प्रकारका मेला, आमसभा गर्ने सक्ने अवस्था नरहेको जानकारी गराउनु भयो । सबै जिम्मेवार तहको सहकार्यले मात्र केहि समयमा देश कै उत्कृट विधालय बन्नेमा दुई मत नरहेको  दंगालले बताउनु भयो  । 

 २०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा वेवास्ताको शिकार बनेको थियो । विद्यार्थी संख्या घट्दै गएको र विद्यालयको साखः घट्दै गएको समयमा काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालयमा सुधारका कामहरु हुन थालेका रहेछन् । हप्तामा एक दिन अतिरिक्त क्रियाकलाउ हुने गरेको छ ।  विधार्थीहरु भन्छन् सबै विषय रामा्रे भएको  र शिक्षक हरुले पनि अतिरिक्त क्रयाकलाप गर्न तर्फ प्रोत्साहान गरेको कृष्णा बञ्जरा बताउछिन् । 

विद्यालयमा नेपाली र अंग्रेजी पढाउने छुट्टै छुट्टै दुइ वटा ब्लकहरु छन् । विद्यार्थीहरुले पढ्नै पर्ने महत्वपूर्ण किताबहरु भएको पुस्तकालय, कम्प्युटर ल्याब, आफ्नै ३ वटा स्कुल बस भएको जनता माविमा शिक्षक कर्मचारी गरेर डेढ सय बढी जन शक्ति आबद्ध छन् । कक्षाकोठामा सिसिटिभि क्यामेरा जडान । शिक्षाको मनिटरिङ कोठाबाटै हुने गरेको छ । कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने इटहरीभरीकै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नुले बढेको हो भन्दा फरक पदैन । 

विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाई हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको छ । प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर जनता मावि बनेका छ । २०८१ को  सरस्वती पूजा ( फागुन २ गते) देखी भर्ना खुल्ने समेत विधालय व्यवस्थापन अध्यक्ष काशीनाथ दंगालले जानकारी गराउनु भएको छ । 

विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोग हुने हो भने, विद्यालयलाई देश कै अब्बल बनाउन सकिन्छ भन्ने बलियो उदाहरण जनता माध्यामिक विधालय हो ।