सुनसरी- सुनसरी जिल्लामा पछिल्लो समय भारतीय तथा नेपाली नक्कली नोटको कारोवार बढ्न थालेको छ । भारतसँग जोडिएको खुल्ला सिमानाका कारण सुनसरीमा एक पछि अर्को नक्कली नोटको कारोवार सार्वजनिक हुन थालेको छ ।यसैबीच जिल्ला प्रहरी सुनसरीले आइतबार साँझ सुनसरीको सदरमुकाम इनरुवाको सुनसरी खोलामा ट्राफिक प्रहरीले भारतिय सवारी चेकजाच गर्ने क्रममा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित २२ वर्षीय महम्मद शैयादलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलनको अयोजना गर्दै घटना सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कोरपियोमा ल्य
इटहरी/ २०८० फागुन २ गते भ्यालेन्टाईन्स डे तथा सरस्वती पुजाको अवसर पारेर इटहरीमा १ दिने बृहत् ‘फुड एन्ड म्युजिक फेस्ट-२०२४’ तयारी पूरा भएको आयोजक संस्था ग्लोबल ड्रीम्स म्यानेजमेन्टका अध्यक्ष स्मित कार्किले जानकारी दिए ।उक्त फुड एन्ड म्युजिक फेस्ट-२०२४’ को मुख्य आकर्षणको रुपमा देश तथा विदेशमा लोकप्रिय ‘ड एज ब्याण्ड’ रहेको आयोजकले जनाएको छ ।‘ड एज ब्याण्ड’को ‘तिम्रो याद’, ‘नचाहेको हैन’, ‘मेरो आँशु’, ‘थाहा छैन’, ‘गन्तब्य’ जस्ता गीतहरु युवापुस्ता माझ लोकप्रिय छन् । त्यस्तै सुदन राई एण्ड व्याण्ड, पुर्ण राई एण्ड दाजुभाई लगायतको ब्याण्डहरुको पनि प्रस्तुति रहने बताईएको छ । खानाका परिकारहरुसं
सुनसरी - इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव हुने भएको छ ।जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटेल तथा लज व्यवसायी समिति इटहरीको आयोजनामा फागुन १ देखी ११ गतेसम्म महोत्सव गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव गरिन लागिएको आयोजकको दाबी छ ।इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा हुन लागेको महोत्सवमा इटहरीको प्रथम नागरिक थारु सहित यस क्षेत्र तथा आसपासका
विराटनगर / विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरिन् । वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । स
सोलुखुम्बु / जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।दिवसको अवसरमा सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ।फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुनेछन्। सर्वोच्च अदालतले नेपाल सरकारको निर्णयविरुद्ध परमादेश जारी गरे पनि अ
इटहरी । श्री पञ्चमी अर्थात् सरस्वती पूजालाई मध्यनजर गर्दै सुनसरीको इटहरी स्थित सुषमा गाेदावारी सेकेन्डरी स्कुलले विशेष अभियान चलाएको छ । जसमा साना नानीहरूलाई निःशुल्क भर्ना देखि विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको छ ।सरस्वती पूजाको अवसरमा आफ्ना नानीहरुलाई अक्षरारम्भ गराउनको लागि अभिभावकहरूलाई सादर आमन्त्रण समेत गरेको छ। सो दिन स्कुलमा विशेष कार्यक्रम पनि आयोजना गरिएको जनाइएको छ ।विगत १८ वर्ष देखी गुणस्तरीय शैक्षिक सेवा सुविधा प्रदान गर्दै आइरहेको बिध्यालय प्रदेशमै अब्बल रहेकाे छ । विद्यालयका हरेक कक्षा कोठामा डिजिटल प्रविधिबाट अध्ययन अध्यापन , स्मार्ट बोर्ड , गुणस्तरीय शिक्षा ,अन
बिराटनगर / किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत श्री जनपथ माध्यमिक बिद्यालयमा बाल विवाह अन्त्यका लागि अभिमुखिकरण कार्यक्रम साथै सचेतना र्याली भएको छ।बिराटनगर महानगरपालिका र जनपथ माबि को सहकार्यमा भएको कार्यक्रम वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले उद्घाटन गर्नुभएको थियो।बाल बिवाहलाई निरुत्साहित गर्नुपर्ने आशयका व्यानर र प्ले कार्ड सहित बिद्यालयबाट शुरु भएको थियो । र्यालीले बिराटनगर -११ पिचरा चौक हुँदै बिराटनगर -१२ पञ्चमुखी चौक, कामत चौक, मंगलबारे हटिया चौक, शुक्रबारे हटिया चौक, महेन्द्र मोरगं क्याम्पस, पाञ्चाली, नयाँ गुद्र
इटहरी / भोजपुरको अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो । गाउँपालिकाले फुसको छानो हटाउने सम्वन्धि कार्यविधि तयार गरेर छानो हटाउने अभियानको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भटट्राईले जानकारी दिनुभयो । मंगलबार वडा नं १ श्यामशिलाका नागरिकलाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिव, विपन्न, जेष्ठ, एक महिला तथा दलित परिवारको छानो हटाउन शुरु गरिएको उहाँको भनाइ छ ।
रामधुनी / महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र सरसफाइ गर्नु हामी सम्पूर्णको दायित्व हो भन्ने कुरालाई मनन गर्दै रामधुनी नगरपालिकाले रामधुनि मन्दिर सरसफाइ कार्यक्रम अगाडि बढाएको छ ।रामधुनी मन्दिर कै नामले रामधुनी नगरपालिकाको नामकारण गरिएको हो । मन्दिरलाई सफा बनाउने उदेश्यले आइतबार रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी ,उप प्रमुख तारा थापा ,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल नगरपालिकाका कर्मचारी , विद्यालयका विद्यार्थी , मन्दिर व्यवस्थापन समितिका कर्मचारी , स्थानीय क्लबका व्यक्तिहरूको सहभागीतामा सरसफाइ गरिएको थियोे । मन्दिरलाई नगरपालिकाको सहकार्यमा सरसफाइ अगाडि
सुन्दरहरैंचा / कलाकर तथा सुन्दरहरैचा नगरपालिकाको कार्यालय विराटचौकका कर्मचारी राजन भण्डारीको निधन भएको छ । गायक श्रीकृष्ण लुइँटेलको एक समयको लोकप्रिय गीत ‘ए बा किन्देउन भटभटे’ गीतको भिडियोमा अभिनय गरेर चर्चा कमाएका राजनको उच्च रक्तचापका कारण निधन भएको परिवार ले बताएको छ। यो संगै दर्जनौं गीतको भिडियोमा अभिनय गरेका राजन ‘टुप्पी’ उपनामले समेत परिचित थिए । सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी तथा कलाकार राजन (देवेन्द्र) भण्डारी निधनकाे शाेकमा सुन्दरहरैंचा नगरपालिकाले भाेलि माघ २८ गते आइतबार शाेक विदा दिएकाे छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.