बिराटनगर / किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत  श्री जनपथ माध्यमिक बिद्यालयमा बाल विवाह अन्त्यका लागि अभिमुखिकरण कार्यक्रम साथै सचेतना र्याली भएको छ।

बिराटनगर महानगरपालिका र  जनपथ माबि को सहकार्यमा भएको कार्यक्रम वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले उद्घाटन गर्नुभएको   थियो।

Screenshot_2024_0212_204630

बाल बिवाहलाई निरुत्साहित गर्नुपर्ने आशयका व्यानर र प्ले कार्ड सहित बिद्यालयबाट शुरु भएको थियो । र्यालीले बिराटनगर -११ पिचरा चौक हुँदै बिराटनगर -१२ पञ्चमुखी चौक, कामत चौक, मंगलबारे हटिया चौक, शुक्रबारे हटिया चौक, महेन्द्र मोरगं क्याम्पस, पाञ्चाली, नयाँ गुद्रीको परिक्रमा गरि पुनः बिद्यालयमा आएर समापन भएको थियोे ।

IMG-20240212-WA0017

कार्यक्रममा जनपथ माबि का कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरुले सचेतना र्याली निकालेका हुन् । उक्त कार्यक्रममा करिब ४०० बिद्यार्थीहरु,  बिद्यालयका शिक्षक-शिक्षिकाहरूको सहभागिता रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले बताउनुभयो ।

Screenshot_2024_0212_204658