रामधुनी / महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र सरसफाइ गर्नु हामी सम्पूर्णको दायित्व हो भन्ने कुरालाई मनन गर्दै रामधुनी नगरपालिकाले रामधुनि मन्दिर सरसफाइ कार्यक्रम अगाडि बढाएको छ ।

रामधुनी मन्दिर कै नामले रामधुनी नगरपालिकाको नामकारण गरिएको हो । मन्दिरलाई सफा बनाउने उदेश्यले आइतबार रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी ,उप प्रमुख तारा थापा ,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल नगरपालिकाका कर्मचारी , विद्यालयका विद्यार्थी , मन्दिर व्यवस्थापन समितिका कर्मचारी , स्थानीय क्लबका व्यक्तिहरूको सहभागीतामा सरसफाइ गरिएको थियोे ।  

मन्दिरलाई नगरपालिकाको सहकार्यमा सरसफाइ अगाडि बढाइएको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो ।

मन्दिर सफा नहुने गुनासो आइरहेकाले नगरपालिकाको अभियानमा सरसफाइ गरिएको  उप प्रमुख तारा थापाले बताउनुभयो ।IMG_20240211_123359

मन्दिर फोहोर हुने भएकाले व्यवस्थापन समितिका प्रतिनिधि , नगर प्रमुख , उप प्रमुख , स्थानीयहरूको भेलामा मन्दिरलाई कसरी पर्यटन प्रबर्दन सकिन्छ र मन्दिर सरसफाइको विषयमा छलफल गरिएको थियोे । नगरपालिकाले सरसफाइ अभियानलाई निरन्तरता दिइने भएको हो ।IMG_20240211_122824