सुन्दरहरैंचा / कलाकर तथा  सुन्दरहरैचा नगरपालिकाको कार्यालय विराटचौकका कर्मचारी राजन भण्डारीको निधन भएको छ ।

गायक श्रीकृष्ण लुइँटेलको एक समयको लोकप्रिय गीत ‘ए बा किन्देउन भटभटे’ गीतको भिडियोमा अभिनय गरेर चर्चा कमाएका राजनको   उच्च रक्तचापका कारण निधन भएको परिवार ले बताएको छ। यो संगै दर्जनौं गीतको भिडियोमा अभिनय गरेका राजन ‘टुप्पी’ उपनामले समेत परिचित थिए । 

सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी तथा कलाकार राजन (देवेन्द्र) भण्डारी निधनकाे शाेकमा सुन्दरहरैंचा नगरपालिकाले भाेलि माघ २८ गते आइतबार शाेक विदा दिएकाे छ ।1707574407770