इटहरी / स्थानीय तह कर्मचारी संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा महेन्द्र खडका निर्बिरोध निर्बाचित भएका छन । शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको प्रथम अधिबेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।प्रदेश अध्यक्षमा निर्बिरोध निर्वाचित महेन्द्र खड्का मोरङ्गको बेलबारी नगरपालिकामा प्रशासन प्रमुख छन्। प्रदेश कमिटिको उपाध्यक्षमा उदयपुरका बिश्वजित राई र महिला उपाध्यक्षमा मोरङ्गकी अनिता कोईरालाका सर्वसम्मत चयन भएका छन्। यस्तै कमिटिको सचिवमा मोरङ्गका किशोरकुमार कार्की अनि सहसचिवमा सुनसरीका रामचन्द्र यादव र धनकुटाका ज्ञानबहादुर राई अनि कोषाध्यक्षमा भोजपुरका रबि सुवे
इनरुवा / इनरूवामा हुने प्रथम मदन भण्डारी कुस्ती दंगल प्रतियोगिता तयारी पुरा भएको छ ।भोलि चैत ७ गते सम्म इनरूवा जेलमैदानमा प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिताको तयारी पूरा भएको छ ।कार्यक्रमको आयोजक नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, सह आयोजक नेपाल राष्ट्रिय युवा संघ इनरूवा र ब्यवस्थापनको जिम्मेवारी नेपाल खेलकुद महासंघ इनरूवाले गरेको कार्यक्रममा नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागिता रहने भएको छ ।तिन दिनसम्म चल्ने कुस्ती प्रतियोगितमा नेपाल र भारतका गरी करिब ७० जना कुस्तीबाजहरुले भाग लिइने भएका छन् ।प्रतियोगितामा १० हजार बढीदर्शक आउने नेपाल निजामती
इटहरी / इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ ।विद्यालयले चार विधामा वर्षभरी निरन्तर उत्कृष्ट रहेका विद्यार्थीहरूलाई दुईजना विद्यार्थी र उत्कृष्ट दुईवटा क्लबहरूलाई सम्मान गरेको हो ।शैक्षिक सत्र २०८० का लागि वर्षको उत्कृष्ट विद्यार्थीको सम्मान कक्षा ६ की छात्रा श्रेजा गौतमले प्राप्त गरेकी छन् । गौतम कक्षा ६ की क्याप्टेनसमेत हुन् ।त्यसैगरी, कक्षा ९ का छात्र गौरव खड्काले यस वर्षको ‘उत्कृष्ट विद्यार्थी नेतृत्व सम्मान २०८०’ प्राप्त गरेका छन् । विद्यालयमा रहेको समाज कल्याण क्लबका अध्यक्ष समेत रहेका खड्का शैक्षिक सत्र २०७९ मा निर्वा
धरान / २४औं बुढा सुब्बा गोल्ड कपको उपाधि एनआरटी क्लबले जितेको छ।धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले मोरङ फूटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। एनआरटी दोस्रो पटक च्याम्पियन बनेको छ।उपाधिसँगै एनआरटीले नगद १० लाख रुपैयाँ पुरस्कार पाएको छ। त्यस्तै उपविजेता मोरङले पाँच लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ।एनआरटीका लागि खेलको सातौं मिनेटमा रोशन रानाको पासमा एफिज ओलावालेले गोल गरेका थिए। पहिलो हाफको ४४औं मिनेटमा मोरङका लागि उमेश कार्कीले गोल गर्दै बराबरी गरेका थिए।दोस्रो हाफमा दुवै टोली आक्रमक बनेका थिए। खेलको ५०औं मिनेटमा सरोज तामाङ एक गोल थप्दै एनआरटीको अग्रता बढाएक
इटहरी वडा नं ४ भित्र बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अभिबृद्दीका लागि संचालित एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । भेटघाट मिलिजुली समुहको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं ४ को सहयोगमा सम्पन्न भएको १ दिने अभिमुखिकरणमा बिशेषगरी अपाङ्गता भएका ब्यक्तीको स्वास्थ्य तथा पुनस्र्थापना गर्न स्थानिय तहको नीति, योजना र बजेटमा वकालत गर्ने बिधिका बारे जानकारी गराइयो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ४ का ३० जना सदस्यहरुको सहभासगिता रहेको थियो जस्मा शारीरिक रुपमा असक्त, सुस्तश्रवण, अटिजम, दृष्टिविहिन र वौद्घीक अपाङ्गता भएका तथा निजका अभिभावक रहेका थिए ।कार्यक्रम
इटहरी : पछिल्लो समय विद्युतीय गाडी (इभि) को माग बढेसँगै इटहरीमा हाइलङ्ग इभिको सोरूम खुलेको छ। सहज फाइनान्सको सुविधा सहित चीनको हाइलङ्ग इभिको आधिकारिक सोरूम इटहरीमा सुरु भएको हो।एक महिनादेखि विक्री सुरु गरेको आधिकारिक विक्रेता सप्तकोसी ट्रेडिङले इटहरी-५ पचरुखी बाट कारोबार सुरु गरेको छ । कारोबारको सुरुवातमै जब्दी यातायात प्रालिलाई १० थान १४ सिटे हाइरुफ व्यवसायीक भ्यान बिक्री गरेको जानकारी दिएको छ।सप्तकोसी ट्रेडिङका सञ्चालक दीपक पोखरेलका अनुसार हाइलङ्ग इभिमा हाइरुफ, एल्लो ह्विल, फोल्डिङ सिट लगायत अत्याधुनिक सुविधा रहेका छन् ।एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्म कुद्ने इभिमा १९० एमएम ग्राउन्ड
काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे ।नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयाे । कार्यक्रममा मन्त्री चौधरीले विजेताहरुलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिनुभयाे । उहाँले आफ्नै राजनीतिक संघर्षकाे उदाहरण दिँदै बारम्बारको प्रयासप
छविराज ढकाल पथरी शनिश्चरे, / पथरी शनिश्चरे नगरपालिकाको फोहोर मैला व्यवस्थापनको अस्थायी डम्पिङ साइट आफ्नो वन क्षेत्रबाट हटाउन माग गर्दै शान्ति सामुदायिक वन उपभोक्ता समूहले पथरी शनिश्चरेका नगरप्रमुखसमक्ष ज्ञापन पत्र बुझाएको छ।आज बिहीबार नगरप्रमुख तुम्वापोको कार्यकक्षमै पुगेर सो वन उपभोक्ता समितिका अध्यक्ष कुलमणी गुरुङ सहितका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाएका हुन्।सो सामुदायिक वन क्षेत्रमा नगरपालिकाको कार्यालयले लामो समयदेखि "फोहोर मैला व्यवस्थापनको अस्थायी डम्पिङ साइट " बनाउँदै आइरहेको छ। ज्ञापन पत्रमा पछिल्लो समयमा सो डम्पिङ साईटमा अनाधिकृत व्यक्तिहरूले प्रवेश गरी फोहोर मैलामा कवाडी संक
इटहरी । इटहरीका एमाले जनप्रतिनिधिहरुले मेयर हेमकर्ण पौडेलले रातारात कीर्ते गरेर ऐन फेरेको आरोप लगाएका छन् । शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस विषयमा आफूहरुले पनि छानविन गर्ने बताएका छन् । ऐनमा पोशाकसम्बन्धि निर्णय स्कुलले गर्ने व्यवस्था रहेकोमा मेयर पौडेलले उपमहानगरपालिकाले पोशाकको व्यवस्था गर्ने भनेर ऐन नै कीर्ते गरेको आरोप लगाए । उपमेयर संगीता चौधरीले मेयर पौडेलले आजसम्म एउटै पनि प्रमाणित ऐन आफूहरुलाई नदिएको बताइन् । उनले ऐन बनाउँदा प्रक्रियागत छलफलहरुको रेकर्डसमेत नरहने गरेको बताउँदै आफूहरु गम्भीर रहेको बताइन् ।त्यसैगरी नगरसभाबाट पारित ओएनएमको कर्मचारी दरबन्दी पनि आफूह
रामधुनी/ रामधुनी नगरपालिकामा निर्माण भइरहेका योजनाहरूको अनुगमन तीव्र पारिएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि अनुगमनलाइ तीव्र पारेको हो । नगर प्रमुख संखरलाल चौधरी उपमेयर तारा थापा लगायतको टिमले अनुगमन गरेको बडा न ३ का वडा अध्यक्ष बुधनारायण चौधरीले जानकारी दिनुभयो।उप प्रमुख थापाका अनुसार हालसम्म पूर्वाधार विकास अन्र्तगतका ८० प्रतिशत योजनाको अनुगमन गरिसकिएको छ। उपमेयर थापाको संयोजकत्वमा गठन भएको अनुगमन समितिले अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ।उपमेयर थापाका अनुसार नगरपालिकाको रामधुनी वडा १ को मुसहरि टोल हुदै इटहरी १७
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.