इनरुवा / इनरूवामा हुने प्रथम मदन भण्डारी कुस्ती दंगल प्रतियोगिता तयारी पुरा भएको छ ।
भोलि चैत ७ गते सम्म इनरूवा जेलमैदानमा प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिताको तयारी पूरा भएको छ ।
कार्यक्रमको आयोजक नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, सह आयोजक नेपाल राष्ट्रिय युवा संघ इनरूवा र ब्यवस्थापनको जिम्मेवारी नेपाल खेलकुद महासंघ इनरूवाले गरेको कार्यक्रममा नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागिता रहने भएको छ ।
तिन दिनसम्म चल्ने कुस्ती प्रतियोगितमा नेपाल र भारतका गरी करिब ७० जना कुस्तीबाजहरुले भाग लिइने भएका छन् ।
प्रतियोगितामा १० हजार बढीदर्शक आउने नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष चिनेस्वर मेहताले बताउनुभयो ।
कुस्ती खेलप्रति नयाँ पुस्तालाइ आकर्षित गर्न र उत्साह बढाउन कुश्ती दंगल आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष मेहताले बताउनुभयो ।
आयोजकका अनुसार नेपालका चर्चित कुस्तीबाज देवा थापा, महाबीर थापासहित बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाहरुबाट नाम चलेको कुस्तिबाजहरुले भाग लिइरहेका छन ।भारतबाट भने दिल्ली, गोरखपुर, हरियाणा, बनारससहितका कुस्तिबाजहरु भाग लिइरहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको प्रथम हुने खेलाडीलाई १ लाख १ हजार नगद र दोस्रो हुने खेलाडीलाई नगद ७१ हजार रूपियाँ पुरस्कार प्रदान गरिने भएको छ । प्रथम र दोस्रो हुने खेलाडीलाई मेडल तथा प्रमाण पत्र सहित ५ हजार पुरस्कार दिइने भएको हो । सहभागी खेलाडीलाई दैनिक यातायात खर्च र खान बस्न खर्च व्यवस्था गरिएको आयोजकले जनाएको छ । 


