रामधुनी/ रामधुनी नगरपालिकामा निर्माण भइरहेका योजनाहरूको अनुगमन तीव्र पारिएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि अनुगमनलाइ तीव्र पारेको हो । नगर प्रमुख संखरलाल चौधरी उपमेयर तारा थापा लगायतको टिमले अनुगमन गरेको बडा न ३ का वडा अध्यक्ष बुधनारायण चौधरीले जानकारी दिनुभयो।

IMG-20240315-WA0038

उप प्रमुख थापाका अनुसार हालसम्म पूर्वाधार विकास अन्र्तगतका ८० प्रतिशत योजनाको अनुगमन गरिसकिएको छ। उपमेयर थापाको संयोजकत्वमा गठन भएको अनुगमन समितिले अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ।

IMG-20240315-WA0010

उपमेयर थापाका अनुसार नगरपालिकाको रामधुनी वडा १ को मुसहरि टोल हुदै इटहरी १७ संग जोडिने बाटो, वडा नम्बर २ मा शिवनगर खानेपानी आयोजनाको पानिटंकि निर्माण लगायतका योजनाको प्राविधिकसहितको टोलीले अनुगमन गरेको हो।

IMG-20240315-WA0029

अनुगमनले गुणस्तरीय कायम हुने विश्वास साथै स्थानीय तहको विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरिएको रकम सहि तरिकाले सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिएको मेयर शंकरलाल चौधरीले बताउनुभयो।

IMG-20240315-WA0023

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि दोस्रो चरणको अनुगमन तीव्र पारेको उपमेयर थापाले जानकारी दिनुभयो।

 ‘यसरी हरेक क्षेत्रको काम हुँदै गर्दा अनुगमन गरेपछि काम गुणस्तरीय हुने र केही कमी कमजोरी भएमा तत्काल सुधार गर्न सकिने उपप्रमुख तारा थापाले बताउनुभयो।’IMG-20240315-WA0016

अनुगमनपछि उपभोक्ताबीच काम पारदर्शी हुनुका साथै कामप्रति सरोकारवाला निकाय, उपभोक्ता समेत जवाफदेही हुने उनको विश्वास छ। यो वर्ष ८० प्रतिशतभन्दा माथि योजनाको काम गुणस्तरीय हुनेछ। यसले समयमै सम्झौता नहुँदा रकम फ्रिज जाने थितिलाई सुधार ल्याउने उपप्रमुख थापाले बताउनुभयो ।