इटहरी वडा नं ४ भित्र बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अभिबृद्दीका लागि संचालित एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । 

भेटघाट मिलिजुली समुहको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं ४ को सहयोगमा सम्पन्न भएको १ दिने अभिमुखिकरणमा बिशेषगरी अपाङ्गता भएका ब्यक्तीको स्वास्थ्य तथा पुनस्र्थापना गर्न स्थानिय तहको नीति, योजना र बजेटमा वकालत गर्ने बिधिका बारे जानकारी गराइयो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ४ का ३० जना सदस्यहरुको सहभासगिता रहेको थियो जस्मा शारीरिक रुपमा असक्त, सुस्तश्रवण, अटिजम, दृष्टिविहिन र वौद्घीक अपाङ्गता भएका तथा निजका अभिभावक रहेका थिए ।

IMG_20240316_161947

कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं ४कि जनप्रतिनिधि लक्ष्मी चापागाईं को प्रमुख आतिथ्यता तथा भेटघाट मिलिजुली समुहका अध्यक्ष दुर्गा राज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

IMG_20240316_124326

 कार्यक्रममा स्वागत गर्नुभएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, प्रदेश नम्बर १ का अध्यक्ष नविन चन्द्र ढुङ्गेलको अध्यक्षतामा औपचारिक उद्घाटन गरिएको थियो साथै कार्यक्रमलाई राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश जनवकालत अधिकृत सन्तोष कुमार पण्डितले सहजिकरण गनुर्भएको थियो।IMG_20240316_163201

कार्यक्रममा विशिष्ठ अतिथि इटहरी उपमहानगरपालिका वडा नं ४ का जनप्रतिनिधि बिश्वेश्वर प्रसाद सर्मा , अमृत बस्नेत वडा सचिव अर्जुन सुवेदी साथै स्पारल इन्जुरी संघ अध्यक्ष बिक्रम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी चापागाईं ले अपाङ्गता भएका ब्यक्तीहरुसँग सहकार्यमा अपाङ्ग मैत्री कार्यक्रममा जोड दिने प्रतिबद्दता जनाउनुभयो । साथै अपाङ्गता भएका ब्यक्तीहरुलाई आयमुलक कुरामा जोडदिन सुझाव दिनुभयो ।