इटहरी / इटहरीमा नेपाल तामाङ घेदुङको ५ दिने भाषा ,लिपि सम्बन्धि प्रशिक्षण कार्यक्रम आइतबार बाट शुरु भएको छ। २/ दिन भाषा २ दिन लिपि र एक दिन नाटक तथा कविता प्रतियोगिता रहने छ।नेपाल आदिवासी जनजाती महासंघ सुनसरिका अध्यक्ष चिराहाङ राइले आदिवासी जनजातिलाइ सरकारले माग्ने बनाएकाे आराेप लगाएका छन । सुनसरिकाे इटहरीमा नेपाल तामाङ धेदुङकाे भाषा तथा लिपि ५ दिने प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष राइले यस्ताे बताएका हुन । देशकाे बिभिन्न कालखण्डले आफ्नाे समुदायकाे भाषा , संस्कार संस्कृती र लिपि गायव गरिदिएकाे आराेप समेत लगाए। जब सम्म यि माथीका कुराहरूकाे संरक्षण तर्फ राज्य र समुदायका ब्यक्तीहरू
इलाम। इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा बाम गठबन्धनका सुहाङ्ग नेम्बांगले मनोनयन दर्तागर्नु भएको छ ।बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुगेका सुहाङ्गको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहनु भएको छ । एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकाङ्क्षी थिए । यस्तै धिरेन्द्र शर्मा रमण भने माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।मुख्य निर्वाचन अधिकृतको क
इटहरी / इटहरी खानेपानी उपभोक्ता समितिको सदस्य चयनको लागि भएको निर्वाचनमा ५२.५८ प्रतिशत मात्रै मतदान भएको छ ।करिब ८ हजार ९ सय मतदाता रहेकामा ९ हजार ६ सय १४ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिका सहसंयोजक चन्द्र प्रसाद भट्टराइले जानकारी दिए ।धेरै मतदाता इटहरी भन्दा बाहिर रहेको र मृत्यु भएर गएका व्यक्तिहरूको नाममा जडान भएको धाराको नामसारी नभएको कारणले अपेक्षा गरेअनुरूप मतदान नभएको उनलृ बताए । ११ वटा मतदान केन्द्रका २० वटा बुथमा मतदान भएको थियो । भोलि देखि मतगणना सुरु हुने भएको छ ।भोलि बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने र मतगणना सुरु हुने भएको छ ।खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा
दुहबी / सुनसरीको दुहबी वडा नम्बर ८ को बिष्णु माध्यमिक विद्यालयको खेलमैदानमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।मेमोरि युबा क्लब सोनापुरको आयोजनामा शनिबार देखि तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारको प्रमुख आतथ्यता र दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडाको विशिष्ट अतिथि तथ मेमोरि युबा क्लब सोनापुरका अध्यक्ष खडगनारायण माझिको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।प्रतियोगिताको पहिलो खेलमा दमक फुटबल एकेडेमी झापा र गोल्डेन स्टार क्लब भलुवा सुनसरी विच भएको खेलमा दमक फुटबल एकेडेमी झापाले १ गोल प्रहार गरेर सेमिफ
इटहरी / नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा संगठन बिस्तार गर्ने भएको छ । इटहरी २० तरहरा स्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजित समाजको वार्षिक साधारणसभा सँगै एकदिने नेतृत्व तथा व्यक्तित्व विकास तालिममा वक्ताहरुले संगठन बिस्तारमा जोड दिएका हुन ।कार्यक्रमका प्रमुख अतिथी नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तेज बहादुर पुरीले अन्य जातीय संगठनको तुलनामा दशनामी थाेरै उनले देशभर कुल १ लाख ९८ हजार ८४९ दशनामी सदस्यहरु रहेको बताउदै समाजले इटहरीमा नाैलाे र उदाहरणीय कार्यक्रम गरेकाे बताए ।कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय कार्यवाहक महासचिव अशोक गिरीले समाज परिवर्तन देखि मु
भोजपुर । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि ३ गतेसम्म टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा चखेवा बजार तथा सहरीकरण ब्यवस्थापन समितिको आयोजनामा पर्यटकीय स्थल चखेवामा हुन गईरहेको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो ।गाउँपालिका भित्रका कविहरुको प्रतिभा पहिचान, बिकास र प्रवर्धन गर्ने उद्धेश्यका साथ खुला कविता प्रतियोगिताको आयोजना गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले जानकारी दिए ।आयोजकका अनुसार कविता मौलिक तथा गद्यलयमा हुनु पर्ने छ भने सहभागिहरुले आगामी चैत्र ३० गते भित्र आफनो कविता पठाई सक्नु पर्ने छ । प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ठ
विराटनगर / नेपाल उद्योग परिसंघ कोशी प्रदेश अर्न्तगत् महिला उद्यम समितिले शुक्रबारदेखि विराटनगरमा दुई दिने महिला उद्यमशिलता प्रदर्शनी सञ्चालन गरेको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उद्यमशिलता प्रदर्शनीमा प्रमुख अतिथि चौधरीले सरकारले आगामी नीति तथा कार्यक्रम मार्फत् महिलाको उत्थानका लागि छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरिरहेको साथै महिला उद्यमीका लागि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेको साथै अझ केही नयाँ कार्यक्रम ल्याएर समाजमा महिलालाई उद्यमी बनाउने योजना भए सहकार्य गर्न म
सुनसरी / मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय, सुनसरीले शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हरिनगरका सबै वडा र देवानगजञ्जको १ र ७ नम्बर वडामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।शान्तिसुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी घटनामा सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।हिन्दु युवा गौतमपुर निवासी जीवन मेहताले मुस्लिमको धार्मिक ग्रन्थ कुरानबारे
इटहरी / रिटर्नी फेडेरेसन नेपाल संगठनको प्रदेश स्तरिय दुई दिने प्रशिक्षण इटहरीमा सुरू गरिएको छ ।रिटर्नी फेडेरेसन नेपाल संगठनले कोशी प्रदेशका १४ वटा जिल्लाका प्रतिनिधि , कोशी प्रदेशका कार्यबाहक अध्यक्ष धर्मेन्द्र खड्का सचिव , उपाध्यक्ष लगाएत प्रतिनिधिलाई इटहरीमा प्रदेश स्तरिय दुई दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।रिटर्नी फेडेरेसन नेपाल केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख विनोद भट्टराईको प्रमुख आतिथ्यता तथा रिटर्नी फेडेरेसन नेपाल संगठन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष धर्मेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।शुक्रबार पहिलो दिनको प्रशिक्षणमा नेपाली सम
चतरा । प्राचिन हरिद्धार चतरामा लाग्ने महाकुम्भ महोत्सवको अवसर पारेर जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको छ । कुम्भ मेलाको समयमा नजिकीसंगै जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको हो । जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा रहेको हनुमान मन्दिर प्राङगणमा आयोजना गरिने संकटमोचन श्रीमनुमद् महायज्ञ लगायतका धार्मिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पिठमा उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी गराए ।उनले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.