इटहरी / इटहरीमा नेपाल तामाङ घेदुङको ५ दिने भाषा ,लिपि सम्बन्धि प्रशिक्षण कार्यक्रम आइतबार बाट शुरु भएको छ। २/ दिन भाषा २ दिन लिपि र एक दिन नाटक तथा कविता प्रतियोगिता रहने छ।
नेपाल आदिवासी जनजाती महासंघ सुनसरिका अध्यक्ष चिराहाङ राइले आदिवासी जनजातिलाइ सरकारले माग्ने बनाएकाे आराेप लगाएका छन । सुनसरिकाे इटहरीमा नेपाल तामाङ धेदुङकाे भाषा तथा लिपि ५ दिने प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष राइले यस्ताे बताएका हुन ।
देशकाे बिभिन्न कालखण्डले आफ्नाे समुदायकाे भाषा , संस्कार संस्कृती र लिपि गायव गरिदिएकाे आराेप समेत लगाए। जब सम्म यि माथीका कुराहरूकाे संरक्षण तर्फ राज्य र समुदायका ब्यक्तीहरू लाग्दैनन तब सम्म आदिवासीहरू जहाको त्यही रहने बताए।
समुदायकाे भाषा र संस्कृती जगेर्ना तर्फ स्थानिय तहबाटै जोड दिनु पर्ने नेपाल तामाङ युवा धेदुङ सुन्सरीका अध्यक्ष प्रदिप तामाङ्ले बताए।
इटहरीका २० वटै वडा गरि करीब ३ सय जनाको हाराहारीमा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम जम्मा १ लाख लगानी गरि दिन लागेको नेपाल तामाङ घेदुङ इटहरीका अध्यक्ष मोहन लोप्चनले जानकारी दिए।
नेपाल आदिवासि जनजाती महासंघ सुनसरी र नेपाल तामाङ धेदुङ इटहरीकाे संयुक्त आयोजनामा ५ दिने भाषा तथा लिपि सम्बन्धि कार्यक्रममा आयोजना भएको हो।


