दुहबी / सुनसरीको दुहबी वडा नम्बर ८ को बिष्णु माध्यमिक विद्यालयको खेलमैदानमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।
मेमोरि युबा क्लब सोनापुरको आयोजनामा शनिबार देखि तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।
दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारको प्रमुख आतथ्यता र दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडाको विशिष्ट अतिथि तथ मेमोरि युबा क्लब सोनापुरका अध्यक्ष खडगनारायण माझिको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
प्रतियोगिताको पहिलो खेलमा दमक फुटबल एकेडेमी झापा र गोल्डेन स्टार क्लब भलुवा सुनसरी विच भएको खेलमा दमक फुटबल एकेडेमी झापाले १ गोल प्रहार गरेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको म्यान अफ दह म्याद असोज राईलाइ ३ हजार १ सय पुरस्कार दिएको थियो । भोलिको खेल पथरी ११ फुट्बल क्लब मोरङ र बर्दिबास नगर क्लव बर्दिबासको प्रतियोगिता हुने आयोजक क्लबका सचिव पन्च नारायण (सुजेन) चौधरीले जानकारी दिए ।
बैशाख १ गते सम्म हुने प्रतियोगितामा ८ वटा टिमबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको प्रथम हुने टिमले नगद २ लाख ११ हजार सहित शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद १ लाख ५ हजार ५ सय सहित शिल्ड प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खडगनारायण माझिले जानकारी गराएका छन् । प्रतियोगितामा उत्कृष्ट विद्या तर्फका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने अध्यक्ष माझिले जनाए।
सो खेलमा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, दुहबी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष तारिकचन्द सरदार, दुहबी नगरपालिका वडा नम्बर ९ का महेी हुसेन लगाएत दुहबीका विभिन्न वडाका वडा अध्यक्ष , स्थानीय समाजसेवी , राजनीति दलका प्रतिनिधि , बुद्धिजीवी खेलाडी स्थानीयको सहभागीता रहेको थियोे ।


