प्राचिन हरिद्धार चतरामा श्रीहनुमद् महायज्ञको तयारी अन्तिम चरणमा

alt

    चतरा । प्राचिन हरिद्धार चतरामा लाग्ने  महाकुम्भ महोत्सवको अवसर पारेर जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको छ ।  

    कुम्भ मेलाको समयमा नजिकीसंगै जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको हो । जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा रहेको  हनुमान मन्दिर प्राङगणमा आयोजना गरिने  संकटमोचन श्रीमनुमद् महायज्ञ लगायतका धार्मिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पिठमा उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी गराए ।

    उनले एघार दिवसीय हनुमद् महायज्ञ , श्रीरामकथा ,बागेश्वरधाम सरकारले श्रीराम मन्दिरको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत वताए । सो अवसरमा दैनिक एक लाख बढी भक्तजनहरुको सहभागिता हुने अनुमान गरिएको उपाध्यक्ष तिवारीले जानकारी दिए । महायोगी सिद्धबाबाको सत्संकल्प अनुसार सञ्चालन गरिने श्रीहनुमद् महायज्ञका लागि हवन मण्डप , हवन कुण्ड ,आवास व्यवस्थापन , भोजनालय एवं धिरेन्द्रकृष्ण शास्त्री बागेश्वर धाम सरकारको कथा प्रवचनका लागि पण्डालको व्यवस्थापन , खाना व्यवस्थापन , शौचालय  , व्यवस्थापन  गर्ने अन्तिम चरणमा पुगेको जनाइयो ।

    चैत्र २७ गतेबाट सुरु हुने कुम्भ मेलाका अवसरमा जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा पनि सोही दिन देखि आगामी बैशाख २७ गते एक महिना सम्म विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ ।                                   WhatsApp Image 2024-04-04 at 6.18.31 PM

     १२ बर्षे पुर्ण महाकुम्भ मेलाको समय नजिकिरहदा प्राचिन हरिद्धार चतरामा तयारी तीव्र गतिमा भई रहेको छ ।

        हरेक १२ वर्षमा सुनसरीको चतरामा लाग्ने महाकुम्म मेला सफल वनाउन आवश्यक भौतिक पुर्वाधार लगायतको तयारी अन्तिम चरणमा पुगेको हो । चैत्र शुक्लप्रतिपदा देखि लाग्ने महाकुम्म मेलालाई लक्षित गरी भक्तजनहरुको सहजताका लागि बाटो, आवास , भण्डारा, खानेपानी ,  शौचालय देखि लिएर पुर्जाअर्चनाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जगतगुरु पिठ चतराका सचिव उद्धव घिमीरे जानकारी दिए ।

    कुम्भ मेलाका लागि तयारी अन्तिम चरणमा पुगेको र उद्घाटनको तयारीमा रहेको वताउदै सचिव घिमीरेले देश विदेश देखि पनि ठुलो संख्यामा कुम्भ मेलामा भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरिएको वताए ।

     यही चैत्र २७ गते देखि आगामी बैशाख २८ गते सम्म ऐतिहासिक ,पवित्र धार्मिक क्षेत्र प्राचिन हरिद्धारमा पुर्ण महाकुम्भ मेला आयोजना हुदैछ ।

    महाकुम्भ मेलालाई सफल वनाउन तीनै तहका सरकारले समेत सहयोग पुर्याईरहको । नेपालका प्रथम जगतगुरु वालसन्तको परिकल्पनामा वि.सं. २०५९ साल देखि  नेपालमा कुम्भ मेला आयोजना गरिदै आएको  छ।  हरेक १२ वर्षमा पुर्ण महाकुम्भ र हरेक ६ वर्षमा अर्ध कुम्भ मेला प्राचिन हरिद्धार चतरामा आयोजना गरिदै आएको छ ।

     सङ्कटमा मादल बनाउने पेसा सङ्कटमा मादल बनाउने पेसा

    इटहरी। मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै&nb ...

    सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

    इटहरी  नेपालको हिमाली पर्यटन, पर्वतीय नेतृत्व र साहसिक आरोहण क्षेत्रमा ...

    वर्षौँको पर्खाइपछि खोटाङ अस्पतालको भवन तयार, तिहारपछि ५० शय्याको सेवा वर्षौँको पर्खाइपछि खोटाङ अस्पतालको भवन तयार, तिहारपछि ५० शय्याको सेवा

    इटहरी स् लामो समयसम्म अलपत्र परेको जिल्ला अस्पताल खोटाङको ५० शय्याको भवन नि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]