इटहरी / आगलागीबाट क्षति भएको इटहरी ३ सुनौलो टोलका हरेराम ऋषिदेवको घर राष्ट्रिय यूवा संघले बनाउने भएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी ३ वडा कमिटिले ऋषिदेवको घर निर्माण थालेको हो।आगलागीबाट नष्ट भएको ऋषिदेवको घर इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको प्रत्यक्ष संलग्नतामा निर्माण शुरु गरिएको राष्ट्रिय युवा संघ इटहरी नेपाल इटहरीले जनाएको छ ।ऋषिदेवको घर निर्माणका लागि इटहरीका युवाहरु स्वतस्फुर्त भेला भएर श्रमदानमार्फत घर निर्माण अभियान शुरु गरेको हो ।
सुनसरी / ईटहरी उपमहानगरपालिका २ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका ६ घर भई ईटहरी २ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पीकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको निर्माण्मा भइरहेको ढिलासुस्तीमा चासो देखाएको छ । शुक्रबार समितिका सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले सरकारका अर्थ सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा कार्यबहाक महालेखा परीक्षकसँग छलफल गरी सडक निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन दिएको हो ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको हुलाकी सडकमा ६१ अर्व ६९ करोड रुपैयाँ खर्च हुँदा पनि आयोजनाको भौतिक प्रगति ६५.२२ प्रतिशत मात्र हुनु दुखद कुरा रहेको सभापति पोखरेलले बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका आयोजनाहरु समयमै सम्पन्न गर्न पर्याप्त बजेट, स्रोत साधन उ
सुनसरी / संगीत साधना प्रतिशष्ठान नेपालले तवला कार्यशाला आयोजना गरेको छ । बुधबार आपगाछि स्थित संगीत साधना प्रतिशष्ठानको भवनमा संगीत साधना प्रतिशष्ठान नेपालका उपाध्यक्ष प्रदिप कुमार रेग्मीको अध्यक्षता तथा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माको प्रमुख आथित्यतामा तवेला कार्यशाला सुभारम्भ गरिएको हो । त्रिभुवन विश्व विधालयका उपप्राध्यापक अनन्त प्रजापति, उपप्राध्यापक संगीत विभाग त्रिभुवन विश्व विधालयका नरेन्द्रप्रसाद न्यौपाने( नवीन ) ले तवला कार्यशालालाई सहजीकरण गर्नु भएको हो । संगीतका माध्यमबाट विश्व जगत चिन्न चिनाउन सहज रहेको उपप्राध्यापक संगीत विभाग त्रिभुवन विश्व विधालयक
काठमाडौं।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि माननीय भगबती चौधरीले महिलाहरुले भोग्दै आएको हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरि रहेको बताउनु भएको छ। आज एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै मन्त्रि चौधरीले सो कुरा बताउनु भएको हो। मन्त्रि चौधरीले भन्नु भयो समाजको विकास तथा निर्माणमा नारीको योगदान अग्रणी हुन्छ । नारी शक्तिलाई देश विकासको कार्यमा समावेश गर्न सकिएको छैन भने त्यस देशको विकासको गति अत्यन्त मन्द हुन्छ। हाम्रो देशको कुल जनसंख्याको करिब आधा भन्दा बढी नारी रहेको स्थिति केलाएर हेर्ने हो भने यो जगत् ज्यादै पिछडिएको सामाजिक रुढीबाढीमा अल्झिएको र कुरीतिले जकड
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा मेयर कप वडा स्तरीय खुल्ला नकाउट फुटवल प्रतियाेगीता साेमवारबाट सुरू भएकाे छ । नगर खेलकुद विकास समितिकाे आयाेजनामा खेल सुरु भएकाे हाे । कार्यक्रमकाे उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले गरेका थिए। विशिष्ठ अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए । कार्यक्रममा उपप्रमुख अकली चाैधरी, वडा अध्यक्षहरू, राजनीति दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख खेलप्रेमी व्यक्तिहरूकाे उपस्थिति रहेको थियो । उद्घाटन खेलमा वडा नम्बर १० ले १२ लाई हरायाे । खेल नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठकाे सभापतित्वमा भएको थियो ।
इटहरी / विगत १० बर्ष देखि सौन्दर्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्दै हजारौं बिध्यार्थी लाइ रोजगारिमा जोड्दै आएको इन्टरनेसनल ब्युटी एकेडेमी "ITA" इटहरीले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।मंगलबार इन्टरनेसनल ब्युटी एकेडेमी इटहरीकि अध्यक्ष निरम बस्नेतको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम सिमा बस्नेतले सन्चालन गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा कर्मचारीका अभिभावक हरु संग उनिहरुका सन्तानले कस्तो कार्यालयमा कसरी काम गरिरहेको छन भन्ने बिषयमा जानकारी गराउनुका साथै अन्तरक्रियात्मक कार्यक्रम साथै लामो समय देखि सस्थामा आबद्ध
धरान / विगत १९ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो १९ औं वार्षिक उत्सब तथा १७ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सुरु गरेको छ । मंगलबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी २ दिनसम्म चल्ने वार्षिक उत्सब तथा दिक्षान्त समारोह सुरु गरेको हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा उद्घाटन पोजेटिभ भाइब्रेसन सस्थापक प्रीतम पौडेलको प्रमुख आथित्यता तथा धरान नगरपालिका वडा नं १ का अध्यक्ष योग्य मणि आचार्य, महिला स
५ करोड क्षतिपूर्तिको मागदाबी गर्दै निकिता पौडेलले कान्तिपुर दैनिक विरुद्ध मुद्दा दायर गरेकी छन् !गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी हुन। पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन ।
सुनसरी । सुनसरीको गढी गाउँपालिकामा पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको फागुन २५ गतेदेखि सुरु भएको छ । गढी गाउँपालिकाको आयोजना र सामुदायिक सचेतना नेपालको संयोजनमा "खेलकुद हाम्रो शान, स्थानिय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरीएको उद्घाटन खेलमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष आश नारायण चौधरीले र विशिष्ट अतिथि उपाध्यक्ष अनिता शाह , प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्का लगायत जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, युवा समाजसेवीको उपस्थिति रहेको थियो। गाउँपालिकामा सिमित श्रोत साधन भए पनि गाउँपालिकाको चौतर्फी विकाशम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.