सुनसरी / ईटहरी उपमहानगरपालिका २ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ ।
धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका ६ घर भई ईटहरी २ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पीकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।


