सुनसरी / संगीत साधना प्रतिशष्ठान नेपालले तवला कार्यशाला आयोजना गरेको छ ।
बुधबार आपगाछि स्थित संगीत साधना प्रतिशष्ठानको भवनमा संगीत साधना प्रतिशष्ठान नेपालका उपाध्यक्ष प्रदिप कुमार रेग्मीको अध्यक्षता तथा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माको प्रमुख आथित्यतामा तवेला कार्यशाला सुभारम्भ गरिएको हो । त्रिभुवन विश्व विधालयका उपप्राध्यापक अनन्त प्रजापति, उपप्राध्यापक संगीत विभाग त्रिभुवन विश्व विधालयका नरेन्द्रप्रसाद न्यौपाने( नवीन ) ले तवला कार्यशालालाई सहजीकरण गर्नु भएको हो ।
संगीतका माध्यमबाट विश्व जगत चिन्न चिनाउन सहज रहेको उपप्राध्यापक संगीत विभाग त्रिभुवन विश्व विधालयका नरेन्द्रप्रसाद न्यौपाने( नवीन ) ले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आफ्नोतर्फबाट सक्ने सहयोग संगीत साधना प्रतिशष्ठान सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा अतिथिहरु इटहरी वडा न. २ का अध्यक्ष माधव कोइराला,सामाजिक विकास मन्त्रालयका सचीव लक्ष्मीप्रसाद भट्टराई, प्रा.डा. बद्री विशाल पौडेल, नगेन्द्र बहादुर कडुवाल, साहित्यकार मनु मन्जिल लगायत संगीतकार, स्थानीयको उपस्थित कार्यशाला सप्पन्न गरिएको छ ।


