सुनसरी । सुनसरीको गढी गाउँपालिकामा पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको फागुन २५ गतेदेखि सुरु भएको छ । गढी गाउँपालिकाको आयोजना र सामुदायिक सचेतना नेपालको संयोजनमा "खेलकुद हाम्रो शान, स्थानिय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरीएको उद्घाटन खेलमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष आश नारायण चौधरीले र विशिष्ट अतिथि उपाध्यक्ष अनिता शाह , प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्का लगायत जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, युवा समाजसेवीको उपस्थिति रहेको थियो।
गाउँपालिकामा सिमित श्रोत साधन भए पनि गाउँपालिकाको चौतर्फी विकाशमा ध्यान दिनु पर्ने भएको हुँदा विकासको लयमा तिव्रताको केही कमी महसुस भएता पनी अगामी दिनहरुमा खेल जगतमा पनी क्रमश विकाश गर्दै लैजाने पालिका अध्यक्ष आश नारायण चौधरीले बताए ।
ग्रासस्तरका खेलाडीहरुको प्रतिभालाई प्रर्दशन तथा स्तर उन्नती गर्नका निम्ती पनी अध्यक्ष कपको आयोजना गरीरहेको अध्यक्ष चौधरीले बताए ।

आगामी दिनमा गढी खेल मैदानलाई आधुनिक खेल मैदानमा परीनत गर्न सँघिय, प्रदेश र स्थानिय सरकारको विशेष पहलमा निमार्ण गरी यहाँका जनजिवनहरुको रोजगारीको सृर्जना देखी खेलाडीहरुको खेल प्रती स्तर उन्नती बढ्न सक्ने अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्काले शुभकामना मन्तव्य राख्दै गढी खेल मैदानलाई चाँडै डि.पि.आर तयार गरी प्रदेश तथा सँघिय सरकारको मन्त्रालयहरुमा बजेटको माग गरी मैदानको स्तर उन्नती गरीने बताए ।
गढी खेल मैदानकै अन्य ठाउँमा केही घर निमार्ण गरी बसोबास गरी आएको हुँदा खेल सँगै मैदान निमार्ण गर्न गह्रो हुने हुदाँ समयमै उक्त्त घरधुरीहरुलाई अन्य ठाँउमा व्यवस्थापन गरी खेल मैदानलाई स्तर उन्नती गरीने प्रमुख प्रशासकिय अधिकृत खडकाले बताए ।

गढी वडा नं.२ स्थित रहेको गढी खेल मैदानमा सम्पन्न भएको पहिलो समुद्घाटन खेलमा गढी ४ नं. वडा विरुद्ध गढी ३ नं. वडा विच खेलाईएको थियो । दुवै पक्ष बाट निर्धारीत समय सम्ममा पनि बराबरीमा पुग्दा ट्राईब्रेकरको साहारा लिई गढी ४ नं. वडाले गढी ३ नं. वडा लाई ५–४ गोलको अन्र्तरले गढी ४ नं. वडा सेमिफाईनल खेलमा प्रवेश गर्न सफल भए ।


