इटहरी / इटहरीमा असार २९ गते दोस्रो पटक जगन्नाथ रथयात्रा कार्यक्रम हुने भएको छ । इटहरीमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा यहीँ असार २९ गते इटहरीमा दोस्रो पटक जगन्नाथ रथयात्रा गर्ने भएको हो । इस्कोन इटहरीको कार्यलयबाट इटहरी बजार परिक्रमा गरी राधाकृष्ण मन्दिरमा आएर रथयात्रा समापन हुने भएको छ ।रथयात्रा कार्यक्रममा करिब १० हजार उपस्थिति हुने साथै ५ हजारलाई आयोजकले व्यवस्थित गर्ने भएको छ । वैदिक संस्कृति संरचना संरक्षण गर्न रथयात्रा आयोजना गरिएको इस्कोन इटहरीका अध्यक्ष ललित माधव दासले बताउनु भयो । र
सिमा बस्नेत एउटा भनाइ छ, भिडमा बसेर पनि कसैले थाहा नपाउने गरि अनि आफ्नो धित मर्ने गरि रुनु छ भने बर्षातमा रुज्नु रे। हुनत आसु लुकाउन मात्र हैन वर्षातमा रुज्नुको अरु पनि धेरै फाइदा छन धेरै जनामा गरिएको सर्बेक्षण अनुसार बर्षातको पानीमा रुज्दा मुड तुरुन्त रीफ्रेश हुन्छ र यो पानीमा सुक्ष्मजिब हुने भयेकोले हाम्रो शरीरको भिटामिन बि 12 उत्पादनमा मद्दत पनि पुग्छ।मानब जिबनलाइ मात्र हैन यो बर्षातको पानीमा कयौ पोषक तत्व पाइन्छ जसले बोटबिरुवा फूल तथा सम्पुर्ण बनस्पतीलाइ नै धेरै नै फाइदा पुग्छ। बर्षाको पानीमा रुज्नु भनेको हाम्रो शरीरको हर्मोनलाइ सन्तुलित गर्ने एक उत्तम उपाय पन
तेह्रथुम / जिल्ला प्रशासन कार्यालय तेह्रथुम र छथर गाउपालिकाको समन्वयमा छथर गाँउपालिका भित्रका अशक्त अपाङगता भएका १८ बर्ष पुगेका नागरिकहरुलाई घरमै पुगेर नागरिक्ता प्रदान गरेको छ ।छथर गाउँपालिका तेह्रथुम को समन्वयमा स्थानीय सरकार प्रमुख शन्तोष तिगेला सहित जनप्रतिनिधी कर्मचारीहरु तथा जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मिना अर्याल सहितको टोलीबाट अपांगता भएका ब्यक्तिहरुलाई घरघरमै पुगेर नागरिकता वितरण गरेको हो। घरदैलो मै नागरिक्ता दिने कार्यक्रम बाट छथर गाउपालिका वडा न ५ का दिपेश ढकाल सहित अन्य गरि ६ जना लाभान्वित भएको छथरगाउ पालिकाका प्रमुख सन्तोष तिगेला
इटहरी / इटहरीको अवस्थित आकाश इन्सिचियुट प्रा.लि ले इन्सिचियुटमा अध्ययन पूरा गरि उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।आकाश इन्सिचियुट प्रा.लि द्वारा इन्सिचियुटका संस्थापक अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख ,उप सचिव खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।इन्सिचियुटले ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको हो । ४२ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको थियोे । संस्थाले विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सहयोग गर्दै
इटहरी / निरन्तरको वर्षाका कारण इटहरी क्षेत्र डुबानमा परेको छ । मध्यरातिदेखि आएको निरन्तरको पानीका कारण इटहरी डुबानमा परेको हो । बाढीका कारण इटहरीका २० वटै वडाका विभिन्न क्षेत्रमा समस्या भएको छ । खोलामा पानीको सतह बढेर बस्तीमासमेत बाढी पुग्दा इटहरी जलमग्न भएको छ । इटहरीका विभिन्न वडाका भित्री भागहरूसमेत डुबानमा परेका छन् । वर्षा थप हुने भएका कारण सुनसरीको सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, टेङ्ग्रा खोला, मोरङको खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने स–साना खोलामासमेत आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।निरन्तर वर्षा हुँदा दिउँसो १२ बजे
कोशी प्रदेशको राजधानी विराटनगरमा अवस्थित कान्तिपुर कलेजले छोटो समयमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ । युवा तथा दक्ष अनुभवी प्राध्यापकहरुको समुहले संचालन गरिरहेको कलेजले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो । विराटनगर–१० मा रहेको कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेसँगै अभिभावक र विद्यार्थीको रोजाईमा पर्न सफल भएको हो । कलेजमा २०७२ सालदेखि नयाँ व्यवस्थापन टिम आएसँगै सँधै उत्कृष्ट नतिजा ल्याइरहेको छ । कान्तिपुरमा अध्ययन गरेका आठ हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तिर्ण गरी देश तथा विदेशका कलेजहरुमा अध्ययन गरिरहेका छन् । कान्तिपुरबाट उत्तिर्ण भएका विद्यार्थी मध्ये
भोजपुर / डिभिजन वन कार्यालयबाट यस आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुको स्थलगत अनुगमन गरिएको छ । कार्यालयबाट हुतवागढी गाउँपालिका, आमचोक गाउँपालिका,टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका लगायतका स्थानमा सञ्चालन भएका योजनाहरुको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरेको हो ।जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, डिभिजन वन कार्यालयका अधिकृत कपिलदेव अधिकारी, कोष नियन्त्रक मिथिलेस कुमार महतो, सहायक वन अधिकृत खुद्रुस मिया, वन प्राविधि सीताराम ओझा, सामुदायिक वन उपभोक्ता अध्यक्ष टेकबहादुर थापालगायत सरोकारवाला पक्षले योजनाको अनुगमन गरेको हो ।अनुगमनका क्रममा कार्यालयले दिएको मापदण्ड अनुसार नै योजना सञ
इटहरी / रिटर्नी फेडेरेसन नेपाल सुनसरी जिल्ला कमिटी र रिटर्नी फेडेरेसन नेपाल ईटहरी नगर कमिटीको आयोजना साथै नेकपा एमाले इटहरी उपमहानगरपालिका इटहरी २० नम्बर वडा कमिटीको सह आयोजनामा ७३ औं मदन जयन्तिको अवसरमा बृहत बृक्षारोपन गरिएको छ ।७३ औं मदन जयन्तिको अबसरमा रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी सुनसरी र रिर्ट्नी फेरेडेसन नेपाल इटहरी उपमहानगर कमिटी र नेकपा एमाले २० नं इटहरीको संयुक्त आयोजना सुनसरी जिल्लाको हांसपोशा सामुदायिक बनमा करिब ४०० वटा बढी बिरुवा बृहत बृक्षारोपन गरिएको छ ।कार्यक्रमको सुरुवात रिर्टनी फेरेडेसनका केन्
इटहरी / इटहरी उपमहानगरपालिकाले आइतबार इटहरीका सम्पूर्ण विद्यालय बन्द गर्ने सूचना सार्वजनिक गरेको छ ।लगातार वर्षाका कारण विद्यालयहरूमा पठनपाठन गर्न कठिनाइ सिर्जना भएको हुँदा स्थानीय बिदाबाट कट्टा हुने गरी आइतबार (आज) १ (एक) दिन विद्यालय बन्द उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण (सामुदायिक तथा संस्थागत) विद्यालयहरू बिदा गर्ने निर्णय भएको नगर प्रमुख हेमकर्ण पौडेल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।पौडेलले बिदा अवधिमा विद्यालयको पठनपाठन, परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन नगर्नु/नगराउन आग्रह गरेका छन् ।
सुनसरी / कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप रास्टिया महिला भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । प्रदेश खेलकुद बिकास बोर्डको आयोजनामा शनिबारबाट विराटनगरमा मुख्यमन्त्री कप राष्ट्रिया महिला भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षता तथा कोशी प्रदेश मुख्य मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख अतिथित्यामा सुरु भएको पहिलो मैत्रीपुर्ण पुर्ण खेल कोशी प्रदेश भर्सेज बागमती प्रदेश बिच भएको थियो भने खेलमा कोशी प्रदेशले जित हासिल गरेको छ । मौसमले खेललाई असहज गरे पनि आगामी दिनमा मौसमले पनि अवरोध नगर्ने गरिको खेलका ल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.