तेह्रथुम / जिल्ला प्रशासन कार्यालय तेह्रथुम र छथर गाउपालिकाको समन्वयमा छथर गाँउपालिका भित्रका अशक्त अपाङगता भएका १८ बर्ष पुगेका नागरिकहरुलाई घरमै पुगेर नागरिक्ता प्रदान गरेको छ ।

छथर गाउँपालिका तेह्रथुम को समन्वयमा स्थानीय सरकार प्रमुख शन्तोष तिगेला सहित जनप्रतिनिधी कर्मचारीहरु तथा  जिल्ला प्रशासन कार्यालय तेह्रथुमका  प्रमुख जिल्ला अधिकारी मिना अर्याल सहितको टोलीबाट अपांगता भएका ब्यक्तिहरुलाई घरघरमै पुगेर नागरिकता वितरण गरेको हो। 

घरदैलो मै नागरिक्ता दिने कार्यक्रम बाट छथर गाउपालिका वडा न ५ का दिपेश ढकाल सहित अन्य गरि ६  जना लाभान्वित भएको छथरगाउ पालिकाका प्रमुख सन्तोष तिगेलाले जानकारि दिनु भयो । छथर गाँउपालिकाका अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता प्रदान 1720497295151