इटहरी / रिटर्नी फेडेरेसन नेपाल सुनसरी जिल्ला कमिटी र रिटर्नी फेडेरेसन नेपाल ईटहरी नगर कमिटीको आयोजना साथै नेकपा एमाले इटहरी उपमहानगरपालिका इटहरी २० नम्बर वडा कमिटीको सह आयोजनामा ७३ औं मदन जयन्तिको अवसरमा बृहत बृक्षारोपन गरिएको छ ।
७३ औं मदन जयन्तिको अबसरमा रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी सुनसरी र रिर्ट्नी फेरेडेसन नेपाल इटहरी उपमहानगर कमिटी र नेकपा एमाले २० नं इटहरीको संयुक्त आयोजना सुनसरी जिल्लाको हांसपोशा सामुदायिक बनमा करिब ४०० वटा बढी बिरुवा बृहत बृक्षारोपन गरिएको छ ।
कार्यक्रमको सुरुवात रिर्टनी फेरेडेसनका केन्द्रीय रामनाथ भण्डारी र दुर्गा गिरिले संयुक्त बिरुवा रोपेर उदघाटन गर्नु भएको थियो।
उक्त कार्यक्रम मा संगठनका प्रदेश कमिटी सचिब एकराज सापकोटा , उप सचिब ज्ञानमणि दाहाल , इटहरी उपमहानगर पालिका २०नं वडा का अध्यक्ष मणिराम श्रेष्ठ , इटहरी उपमहानगर नगर कमिटि का अध्यक्ष रुपेस बस्नेत एमालेका पदाधिकारी तथा रिटर्नी फेडेरेसन नेपाल संगठनकका पदाधिकारीहरूले बिरुवा रोपेका थिए ।
उक्त कार्यक्रमको संचालन संगठनका सचीव कुलबा थापा र संगठनका सभापति अध्यक्ष खेमराज पौडेलले गर्नु भएको थियोे ।


