विराटनगर : नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो ।ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र कोषाध्यक्षमा चाँदनी मिश्र लगायत सदस्यमा ३५ जना निर्वाचित हुनुभएको छ ।महासंघको प्रथम महानगर कमिटीको अधिवेशनको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नेपा
उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै समाजमा स्थापित नेता कार्यकर्ताहरु धमाधम एमाले प्रवेश गर्न थालेका हुन ।यही क्रममा चौदण्डीगढी नगरपालिकामा जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राईको नेतृत्वमा ठुलो संख्यामा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ । शनिवार मात्रै राईको नेतृत्वमा १६२ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले नवप्रवेसीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।चौदण्डीगढी नगरपालिका ४ बसाहाम
काठमाडौं । नेपाल खेलकुद महासंघले केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर महासंघले प्रधानमन्त्री ओली बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो । महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो । महासंघले तीन सय दिन भित्र कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालालाई फ्लड लाइट सहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत ज्ञापन गरेक
संखुवासभा / विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकुल विकास र विस्तारको लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनु हुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो ।गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधन स्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । विभिन्न अध्ययन अनुसन्धानले राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पुष्टि गरेको छ । तर खै किन उपेक्षामा शिक्षा सर्वत्र गुनासोको विषय बनेको छ ।गुणस्तरीय
सुनसरी / वराहक्षेत्रमा मादक पदार्थ सेवन गरेर बालकले कानमा लगाएको सुनको मुन्द्री तान्दा नमानेपछि कुटपिट गर्दा ६ वर्षीय बालकको मृत्यु भएको छ ।वराहक्षेत्र-३ का ४५ वर्षीय वीरबहादुर विश्वकर्माले कुटपिट गर्दा सोही वडाका विक्रम विकको ६ वर्षीय छोरा बालक अवि विकको मङ्गलवार मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टिले जनाएको छ । कुटपिट गर्ने वीरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।दिउँसो मादक पदार्थ सेवन गरेका वीरबहादुर विकले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने कोशीश गरेका थिए । बालकले इन्कार गरेपछि उसलाई कुटपिट गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनाएका थिए ।घाइते बालकलाई उपचारका लाग
इटहरी / विशेत अव्यवस्थित पोलमा गुजुल्टिएर तानिएका विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारका कारण आगोलागीका घटना बढेरहेका छन् । सुनसरीको प्रमुख सहरी क्षेत्र इटहरी उपमहानगर हो । यहाँ पनि माकुराको जालो झैं तारहरु जेलिएका छन् । तानतुन गरेर झुन्ड्याइएका छन् ती तारहरु । जसले गर्दा बारम्बार सडकका पोलमा आगो बल्ने तथा जोखिमसँगै सहरलाई कुरुप समेत बनाएको छ । भुइँसम्म असरल्ल तारमा अल्झिएर सर्वसाधारण लड्ने गरेका छन् । अव्यवस्थित तारले जुनसुकै बेला पनि आकस्मिक दुःखदायी स्थिति उत्पन्न हुन सक्छ । सहरको सुन्दरता कायम राख्ने जिम्मेवार निकाय इटहरी उपमहानगरपालिका हो । तर इटहरी उपमहानगरपालिकाको नि
सुनसरी / रामधुनी नगरपालिकाकोे खर्च विवरण सार्वजानिक गरिएको छ । शुक्रबार नगरपालिको सभाहलमा नगरप्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा पालिकाको आर्थीक वर्ष २०८० ८१ को खर्च विवरण सार्वजानिक गरिएको हो ।सार्वजनिकीकरण कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत , रामधुनी नगरपालिकाका ९ वटै वडाका अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु ,पालिकाका विभिन्न शाखा प्रमुख साथै सञ्चारकर्मीहरुको उपस्थितीमा बार्षिक खर्च सार्वजानिक गरिएको हो । नगरको कुल चालु तथा पुँजीगत रकम ३८ करोड, ५० लाखमा ३० करोड, ५० लाख २ सय ९९ अर्थात ७९.७२ प्रतिशत मात्र खर्च गरेको छ । रामधुनी नगरपालिकाको समृद्धि र विकासका लागि नगरको ए
इटहरी । इटहरीमा जङ्गली हात्तीको आतंक बढेको छ । हात्तीको बथान दैनिक जसो बस्तीमा पस्दा आतंक बढेको हो ।जिल्लाको इटहरी २ शान्तिनगरस्थित बस्तीमा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न थालेका छन् । इटहरी २० र इटहरी २ मा पर्ने बन क्षेत्र आसपास बस्ने स्थानीयबासीहरु त्रसित बनेको छन् ।२७ वटा हात्तीहरू बस्ति तिर आएपछि इटहरी २ स्थित शान्तिनगर तिर आउन थालेपछि स्थानीयले जिउ ज्यानको सुरक्षा माग गरेका छन् । स्थानीय रोशन अधिकारीकाअनुसार भारतबाट आएका हात्ती बस्तीमा पसेपछि आफूहरू रातभर जाग्राम बसेको दुखेसो गरे । स्थानीय सरकार मूकदर्शक बन्दा आफूहरू अन्धकारमा रातभर
सुन्दरहरैंचा / देवस्थान शिवालय किरातेश्वर मन्दिर व्यवस्थापन समितिले यस वर्षको श्रावण महिनामा विशेष धार्मिक कार्यक्रमको आयोजना गर्दैछ। माेरङकाे सुन्दरहरैँचा ६ मा अवस्थित यस मन्दिरमा साउन ७ गतेदेखि २८ गतेसम्म विभिन्न धार्मिक गतिविधिहरू हुनेछन्।कार्यक्रममा श्रावणमास अनुष्ठान, धार्मिक व्यक्तिको प्रवचन, भजन कीर्तन सत्सङ्ग र रुद्राभिषेक हुने बिहिवार मन्दिरमा पत्रकार सम्मेलन गरि जनाईएकाे छ ।पत्रकार सम्मेलनमा श्रीश्री १००८ स्वामी डा. यतिराज आचार्य शेषनारायण दिव्यधामका मठाधिश समेतकाे उपस्थिती रहेको थियो । उहाँले पुन्य भूमि यश क्षेत्रकाे पवित्र महिमाका बारेमा बताउदै सबैलाई अनुष्ठानमा आउन आग्रह सम
इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीले बजेट पारित गराउन सहयोग गर्ने जनप्रतिनिधिको बिषयमा छानबिन गर्ने भएको छ । यथार्थ भन्दा बढी बजेट ल्याएको भन्दै आपत्ति जनाएको एमालेले बजेट पास भएपछि छानबिन गर्न लागेको हो ।मेयर हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड भन्दा बढेको बजेट ल्याएपछि विरोधमा उत्रिएको एमालेका जनप्रतिनिधिले असार मसान्तमा बजेट पास गर्न सहयोग गरेका थिए ।उपमेयर सङ्गीता चौधरी सहित केही जनप्रतिनिधिले मात्र विरोध जनाए पनि बजेट बहुमतले पारित भएको थियो । एमाले नगर कमिटीको संस्थागत निर्णय विपरीत जनप्रतिनिधिले भूमिका निर्वाह गरेपछि छानबिन गर्न लगिएको अध्यक्ष रुपेश बस्नेतले बताए ।अधिकार सम्पन्न समिति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.