इटहरी / विशेत अव्यवस्थित पोलमा गुजुल्टिएर तानिएका  विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारका कारण आगोलागीका घटना बढेरहेका छन् ।

सुनसरीको प्रमुख सहरी क्षेत्र इटहरी उपमहानगर हो । यहाँ पनि माकुराको जालो झैं तारहरु जेलिएका छन् । तानतुन गरेर झुन्ड्याइएका छन् ती तारहरु । जसले गर्दा बारम्बार सडकका पोलमा आगो बल्ने तथा जोखिमसँगै सहरलाई कुरुप समेत बनाएको छ । भुइँसम्म असरल्ल तारमा अल्झिएर सर्वसाधारण लड्ने गरेका छन् । अव्यवस्थित तारले जुनसुकै बेला पनि आकस्मिक दुःखदायी स्थिति उत्पन्न हुन सक्छ ।

सहरको सुन्दरता कायम राख्ने जिम्मेवार निकाय इटहरी उपमहानगरपालिका हो । तर इटहरी उपमहानगरपालिकाको निर्णय, निर्देशन कागज मै सिमीत भएका छन् । इटहरी सरकारले जेठ २७ गते अव्यवस्थित तार हटाउन पहिलो पटक १५ दिने सूचना प्रकाशित गरेको थियो भने जथाभाबी छरपस्ट रहेका इन्टरनेट तथा टेलिभिजन केवलले सहरको सौन्दर्य बिग्रिएको र दुर्घटनाको जोखिम बढेको भन्दै यथाशीघ्र हटाउन निर्देशन दियो तर कावन्र्यान भने हुन सकेन् ।

जस्ले गर्दा स्थानियलाई समेत गहरो बनाएको छ । सडकको किनारमा राखेका पोलमा भएका धेरै केबुलका तारहरुले समस्या गरेको व्यावस्थित गरेर प्र्रयोग गरिदिए धेरै राम्रो हुने बताउदै, झूण्डीएका तारमा  बालबालिका झुण्डीने गरेको र सर्वसाधरणमा  समेत असर गरेको स्थानिय राजन खतिवडाले बताए 

यता समस्या नै समस्या दुर्घटनाको जोखिम बाढेको सँगै प्राधिकरणका कर्मचारीलाई समेत काम गर्न असहज भएको र पटक पटक छलफल सम्बन्धित संस्था र स्थानिय सरकार सँग छलफल गदै, आए पनि काम हुन नसकेको नेपाल विद्युत प्रविधिकारण इटहरी वितरण केन्द्र प्रमुख राम दुलार साहले बताए । 

इटहरी उपमहानगरपालिका क्षेत्रमा अव्यवस्थित तारले तमाम इटहरी बासी, पौदल यात्रु, पर्यटनलाई समेत असहज बनाएको छ । अव्यवस्थित तार हटाउन बारम्बार प्रयास गरिए, कहिले त तारलाई भेला गरेर एकैठाउँमा जम्मा गर्ने गरियो तर समस्याको समाधान भने भएन् । हो इटहरी उपमहानगरले तार हटाउन भन्दै सेवा प्रदायक संस्थाहरुलाई निर्देशन गर्यो यदी यो न भए कार्वाहि गर्ने चेतावनी दियो तर अहिले आफुहरु संग पनि कुनै ठोस योजना नभएको र छलफल गरेर मात्र तार हटाउने इटहरी उपमहानगरपालिका वातावरण महाशाखा प्रमुख पुष्प नारायण चौधरीले बताए । 

अहिले नगरले तार व्यावस्थित गर्न निर्देशन दियो भने तारलाई व्यवस्थित नगरे कार्वाहि गर्ने चेतावनी समेत दिएको थियो । सो समयको म्याद समिएर जाँदा समेत काम नहुदाँ सेवा प्रदायक सस्था अटेरि गरेको हो ? कि नगरले आफ्नो काम गर्न नसकेको हो ? भनेर प्रश्न उठ्न थालेको छ ।