सुनसरी / रामधुनी नगरपालिकाकोे खर्च विवरण सार्वजानिक गरिएको छ । शुक्रबार नगरपालिको सभाहलमा नगरप्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा पालिकाको आर्थीक वर्ष २०८० ८१ को खर्च विवरण सार्वजानिक गरिएको हो ।
सार्वजनिकीकरण कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत , रामधुनी नगरपालिकाका ९ वटै वडाका अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु ,पालिकाका विभिन्न शाखा प्रमुख साथै सञ्चारकर्मीहरुको उपस्थितीमा बार्षिक खर्च सार्वजानिक गरिएको हो ।
नगरको कुल चालु तथा पुँजीगत रकम ३८ करोड, ५० लाखमा ३० करोड, ५० लाख २ सय ९९ अर्थात ७९.७२ प्रतिशत मात्र खर्च गरेको छ । रामधुनी नगरपालिकाको समृद्धि र विकासका लागि नगरको एकिकृत प्रयास बाट विकास निर्माणको काम गरिने जनाइएको छ । नगरको हित अभिवृद्धि गर्न र विकास निर्माणका लागि , आफुहरुले लिएका उद्देश्य हासिल गर्न एक–अर्कासँग हातेमालो गर्दै हिड्नुको विकल्प नभएको नगरप्रमुख शंकरलाल चौधरी बताउनु भयो ।
महिनामा भएका खर्चहरुको मासिक फाँटवारी वेवसाइटमा अपलोड गर्ने व्यवस्था गर्ने गरी नगरपालिका अगाडी बढेको छ भने नगरको राजस्व सुधारोन्मुख रहेको र आगामी दिनमा राजस्व सुधार योजना बनाइ राजस्व प्रशासनलाई थप जिम्मेवार र जवाफदेही बनाउने नगरपालिकाले निति लिएको छ ।


