धनकुटा । धनकुटा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारीलाई समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण बुझाउन निर्देशन दिएको छ । साउन १५ गतेसम्म ऋणी सदस्यको तीन पुस्ते विवरणबुझाउन र नबुझाएमा सञ्चालक समितिलाई कानुन बमोजिम कारबाही हुने जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्यहरुले सहकारी संस्थालाई सर्त अनुसार बुझाउनु पर्ने रकम नबुझाएको कारण संस्थामा समस्या भएको भन्दै गुनासो आउन थालेपछि सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्थासँग माग गरिएको धनकुटा नगरपालिकाले जनाएको छ । ऋणी सदस्यहरको विवरण नबुझाइ आगामी दिनहरुमा सदस्यको बचत फिर्तामा समस्या भएमा सहकारी संस्थाका सञ्चालक
धनकुटा । कुनै समय जिल्लाकै बाक्लो बस्ती रहेको धनकुटाको चौबिसे गाँउपालिकाको कुरुले बन्दुके डाँडा पछिल्लो समय रित्तिदै गएको छ। अबसर र सुबिधाको खोजीमा बसाइसराईको क्रम बढी रहँदा भारतिय मुलका अमेरीकन नागरीक राजिव गोयल सहित स्थानीयले तमोर पर्माकल्चर सञ्चालनमा ल्याएपछि स्थानीयलाई सिकाइको केन्द्र सहित बसाँइसराइँ रोक्ने माध्यम बनेको छ । बसाइँसराइँ बढीरहँदा विदेशी नागरिक सहित कुरुलेका स्थानीय लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपि कृष्ण भण्डारी, दीर्घमान तामाङले २०७३ सालमा तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो। त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि कुरुलेमा बसाइसराइ गर्नेको संख्या घट्दै
झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बीपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बीपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपा
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुतिढुंगाका कृष्णबहादुर विक विदेशबाट फर्केर पुख्र्यौली पेशामा रमाइरहनु भएको छ। विगत दुई वर्षदेखि उहाँले परम्परागत पेशालाई आधुनिक ढङ्गले अघि बढाउँदै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्। कामको खोजीमा १८ वर्षअघि मलेसिया पुग्नुभएका कृष्णबहादुर ३१ दिनपछि अवैधानिक ढंगले बस्नुपर्यो। त्यसपछि त्यहाको कम्पनीले काम गरेको पैसा पनि नदिने र घर पनि नपठाउँदा करिब साढे ४ वर्ष अवैधानिक रुपमा बस्नुभयो। त्यसपछि मलेसियामा रहेका नेपालीको सहयोगमा नेपाल आउनु भएका विकले गाउँमै पुख्यौली पेशा सुरु गर्नुभयो। गाउँबाटै खुकुरी, ठेकी बनाउन सुरु गरेका विकले हाल
इटहरी । मोरङको रंगेली स्थित संसारी माई मन्दिरमा धार्मिक पर्यटकको सख्या बढ्दै गएको छ । ऐतिहासिक तथा पौराणिक धार्मिक महत्व बोकेको सो मन्दिरमा श्रद्धा पूर्वक पुजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वासका साथ श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । पूजा अर्चना गरे देवीसँग गरेको भाकल पूरा हुने भन्दै सो मन्दिर दर्शन गर्न साताको हरेक मंगलबार र शनिबार नेपाल तथा भारतका टाढा टाढाबाट दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् । विराटनगर देखि २२ किलोमिटर पूर्वमा रहेको रंगेली ७ स्थित चिसाङ खोलाको बगरमा रहेको सन्सारी माई मन्दिरको लामो इतिहास रहेको छ । निकै पूरानो काब्राको रुख मुनि मन्दिर रहेको
सुनसरी / उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकारले उर्जा क्षेत्रको बिकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। संखुवासभा–काठमाडौ जर्नालिस्ट एशोसिएसनले नवनियुक्त मन्त्री खड्कालाई शुभकामना दिन आज काठमाडौमा गरेको कार्यक्रममा उहाँले उर्जा क्षेत्रको बिकासबाटै मुलुक समृद्ध हुने बताउनुभयो । उहाँले उर्जालाई स्थानीय जनतासंग प्रत्यक्ष जोड्न सके आर्थिक रुपमा सम्पन्न गर्न सकीनेमा जोड दिनुभयो । संखुवासभामा बन्न लागेको अपर अरुण आयोजना स्थानीय जनताको हितमा हुने गरी अगाडी बढाईने प्रतिबद्धता उहाँको थियो । उहाँले जिल्लाका प्रत्येक घरधुरीलाई ५ लाख रुपैया बराबरको शेयर दिनेमा
इटहरी / इटहरीका बरिष्ठ पत्रकार पीबी दियाली को स्वास्थ्य अवस्था दिनानु दिन जटिल बन्दै गएको छ । २२ गते मंगलबार वीर अस्पताल काठमाण्डौमा प्रत्यारोपण गरिपनि स्वास्थ्यमा थप जटिलता बन्दै गएको वताइएको छ । हाल बीर अस्पतालमा उपचाररत रहेका छन् ।उनको मृगौला प्रत्यारोपण गरेपछि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएकाले अस्पतालमा नै बसेर उपचार गराइँदैछ । जेठ २२ गते उनलाई आफ्नै साइला दाजु तिलक दियालीले मृगौला दिएका थिए । हाल सम्म पत्रकार दियालीको औषधी उपचारमा ५० लाख भन्दा बढी खर्च भईसकेको परिवारले बताएका छन्।मृगौला प्रत्यारोपण सफल भएपछि अस्तालबाट उनी ९ दिन पछि डिस्चार्ज भएका थिए ।तर फेरी असार ३ गते अप्र
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो ।तालिमको सहजिकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबिता नेपाल, सिमरन श्रेष्ठ र सुशील स्वेक्छाले गरेका थिए । तालिममा ६० बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले तालिमपछि सिकेको सीप व्यर्वहारमा उत्राने बताए । सहभागि मिश्रा बुढाथोकीले तालिममा सिकेको ज्ञान व्यवर्हारामा उतार्दै ब्यूटिपार्लर खोल्ने बताइन् ।समापन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास राज्य
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका ४ बाँसबारी चोक नजिकै स्मार्ट माइन्ड लर्निङ सेन्टर खुलेको छ। आइतबार गुरुपूर्णिमाको अवसर पारेर उक्त लर्निङ सेन्टर बिधिव रुपमा संचालनमा आएको हो।लर्निङ सेन्टर उद्घघाटन गर्दै उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले पछिल्लो समय शिक्षित युवाहरू विदेश पलायन हुने गरेको प्रशाङ्ग उल्लेख गर्दै नयाँ बिद्यार्थीहरुले देशमै केहि गर्नु पर्छ भन्ने भावले लर्निङ सेन्टर संचालनमा ल्याएको भन्दै खुशी व्यक्त गरेका थिए ।लर्निङ सेन्टरले गुणस्तरीय ट्युसन कक्षा तथा अन्त्य शैक्षिक सेवाहरु दिने सेन्टरका प्रवन्धक निर्देशक मदन भण्डारीले जानकारी दिए। अहिले तत्क
भोजपुर / कर्मचारी मिलन केन्द्रको अध्यक्षमा कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका प्रमुख बुद्धराम मल्ल आले चयन हुनु भएको छ । केन्द्रको आज भएको ३५ औँ साधारण सभा तथा विशेष अधिवेशन मार्फत अध्यक्ष आले सहित १३ जनाको कार्य समिति चयन भएको हो । समितिमा मनोज कुमार पण्डित उपाध्यक्ष, प्रकाश खड्का सचिव, नरेन्द्र चौहान सह सचिव, सञ्जय कुमार रम्तेल कोषाध्यक्ष सहित ८ सदस्य कार्य समिति चयन भएको हो । सदस्यहरूमा नवीन भट्टराई, अर्जुन कोइराला, राजीव कुमार ठाकुर, कौशिला विष्ट, राजु कुमार श्रेष्ठ, सागर गिरि, सन्तोष कुमार शाह र रमेश ढकाल चयन भएको समितिका सचिव प्रकाश खड्काले जानकारी दिनुभयो । व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.