विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो ।

तालिमको सहजिकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबिता नेपाल, सिमरन श्रेष्ठ र सुशील स्वेक्छाले गरेका थिए । तालिममा ६० बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले तालिमपछि सिकेको सीप व्यर्वहारमा उत्राने बताए । सहभागि मिश्रा बुढाथोकीले तालिममा सिकेको ज्ञान व्यवर्हारामा उतार्दै ब्यूटिपार्लर खोल्ने बताइन् ।

Screenshot_2024_0722_121523

समापन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास राज्य मन्त्री सृजना राईले महिलाहरु आत्मनिर्भर बनाउनको लागि यस्तो सिपमुलक तालिम आवश्यक रहेको बताइन् । तालिममा सिकेको सिप व्यर्वहारमा उतानुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपालकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले समृद्धिको लागि सीप सिकेर महिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । तालिममा सिकेको सिप व्यर्वहारमा उतारेर महिलाहरु आत्मनिर्भर हुन सके घरपरिवार चलाउन सहज हुने उनले बताइन् । कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष बावुराम कार्की, राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गंगा तामाङ, सौन्दर्य सामग्री लुक मि प्रोडक्सन का सिइओ खगेन्द्र बिमलि लगायतले बोलेका थिए ।

सोही अवसरमा सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुलि प्याकुरेललाई सम्मान गरियो । उनलाई प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री सृजना राईले सम्मान गरिन् ।

तलिमको अनुशासनमा प्रशिक्षार्थी प्रन्जलि कोइराला भइन् । त्यसैगरी हेयर स्टाईलमा राम्रो जुरो बनाउनेमा किरण कुमारि साह, कविता मैनाली र मनिषा श्रेष्ठ लाइ सम्मान गरियो ।