काठमाडौं / गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ। सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकारमा गएको हो।गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र एमालेले ४ मन्त्रालय लिएका छन्। यस अघि ७ मन्त्रालय रहेकोमा एमालेलाई सहभागी बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रलय फुटाएर ७ बाट ९ बनाएका थिए।एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो श
विराटनगर / कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको प्रस्ट्याएको छ ।मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूको निःशुल्क उपचार सेवा रोकिएको भन्ने भ्रामक समाचारहरू आइरहेको भन्दे यो सेवा निरन्तर रहेको जानकारी दिएको हो ।भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा आइरहेकोप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यो आर्थिक वर्षका लागि चार करोड २९ लाख रुपैयाँ १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि विनियोजन भएको विज्ञप्तिमा उल्लेख छ ।प्रदेश मातहतका सबै अस्पतालबाट सो सेवा लिन सकिने मन्त्रालयका प्रवक्ता डा. सुरे
इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले विद्युतीय नगरबस तथा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिनेहरूलाई तथ्यहीन आरोप लगाउनुको साटो विधिसम्मत रूपमा छानबिन गरी दोषी प्रमाणित गर्न चुनौती दिएका छन्।गत बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले प्रतिनिधिसभामा र एमाले कोशी प्रदेशकी सांसद मीना श्रेष्ठले यसबारे कुरा उठाएका थिए।तर, मेयर पौडेलले आरोप लगाउने सांसदलाई चुनौती दिदैँ भने, ‘छानबिन गराउ, दोषी प्रमाणित गर, त्यो दिन सांसदहरूको घरमा घरेलु कामदार बन्न तयार छु ।’जिम्मेवार जनप्रतिनिधिहरूले तथ्यहीन विषयमा अभिव्यक्ति दिएर सदनकै गरिमा होच्याएक
इटहरी / नेपाल उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघीय संसद तथा नेपाल सरकारका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको प्रमुख अतिथ्यता तथा परिसंघका अध्यक्ष अनिल अग्रवालले अध्यक्षतामा इटहरीमा भएको कार्यक्रममा उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरू अगाडि सारेको छ। कार्यक्रममा उद्योग परिसंघ सुनसरीका ५१ जना सस्थापक आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।कार्यक्रममा बिशिष्ट अतिथि परिसंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवाल, केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवन सारडा, दुहवी नगर
सुबास घिमिरे / सुनसरी, १६ भाद्र । पूर्व मन्त्री तथा सांसद् भगबती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, बित्तिय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकि छन् । टोलविकास लघुउद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएकि हुन् । सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, बित्तिय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुनेखालका नियम कानूनहरू लागू गर्नुपर्ने बताइन । ‘आर्थिक क्षेत्रमा काम गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्छ । तर सबैलाई एकै नजरले हेर्न हुँदैन’, उनले भने, ‘
इटहरी / उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरूलाई स्पष्ट रूपमा अगाडि सारेको छ। कार्यक्रममा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता परिसंघका अध्यक्ष अनिल अग्रवालले गर्नुभयो।कार्यक्रममा अध्यक्ष अनिल अग्रवालले नेपाल उद्योग परिसंघ सुनसरीको लक्ष्य र आगामी दिनमा गर्ने योजनाहरूको बारेमा जानकारी दिनुभयो। उहाँले उद्योगहरूको संगठनले मात्र होइन, यसले समग्र उद्योग क्षेत्रको प्रवर्द्धन र विस्तारमा खेल्ने भूमिकालाई पनि उजागर
इटहरी / इटहरीमा संगीत प्रतिष्ठान टोल विकास संस्थाले तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहनुका साथै, सांस्कृतिक पर्व तीजलाई अझ भव्य रूपमा मनाउने र यसको मौलिकता जोगाउने उद्देश्यले विभिन्न गतिविधिहरूको आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारीले गरेका थिए, जसले संस्थालाई सामाजिक सेवामा समर्पित संस्थाका रूपमा उचालेका छन्।कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले तीज पर्वको सांस्कृतिक महत्त्व र यसले महिलाहरूलाई सशक्तिकरण गर्ने भूमिका बारे
सुन्दरहरैँचा / मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा केराबारीमा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी मृत अवस्थामा फेला परेका हुन् ।स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिकाहरु हिजो बेलुकादेखि सम्पर्कविहीन भएका थिए । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ । घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
इटहरी / अतुल्य आयुर्वेद फार्मेसी इटहरी द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फार्मेसीले इटहरीमा पेट, आन्द्रा, छाला सम्बन्धी रोगहरूका साथै स्त्री तथा यौन रोग, पायल्स, फिस्टुला, मलद्वार सम्बन्धी र हाडजोर्नी नशा, श्वासप्रश्वास सम्बन्ध लगायतको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरेको थियो । फार्मेसीले अब डाक्टर प्रकाश लिम्बू द्वारा प्रत्येक दिन निःशुल्क ओपिडी सेवा समेत शुरु गर्ने भएको छ । निम्न आय भएका बिरामीहरूको माग अनुसार निःशुल्क स्वास्थ्य शिविर गरिएको अतुल्य आयुर्वेद फार्मेसी इटहरीका सञ्चालक महेश थापाले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमा १ सय बढीले प्रत्यक्ष स
इटहरी / नगर बाल सञ्चाल इटहरीद्वारा वडा बाल सञ्चाल बिच चित्रकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिकामा क्षेत्र रहेर बालबालिकाका लागि हकहितका काम गर्दै आएको नगर बाल सञ्चाल इटहरीद्वारा नगर बाल सञ्चालका प्रतिनिधिहरूलाई समेटेर नगर बाल सञ्चाल इटहरीद्वारा वडा बाल सञ्चाल बिच चित्रकला प्रतियोगिता कार्यक्रम गरेको छ ।बालबालिकालाई शिक्षा सँगसँगै चितकला सम्बन्धि ज्ञान दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । यो महिना अहिलेसम्म शनिबार दुई पटक चित्रकला प्रतियोगिता कार्यक्रम गरिसकेको छ ।आगामी भदौ २९ गतेको बाल दिवस कार्यक्रमलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको नगर बाल इटहरीकि अध्यक्ष भ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.