इटहरी / नगर बाल सञ्चाल इटहरीद्वारा वडा बाल सञ्चाल बिच चित्रकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।
इटहरी उपमहानगरपालिकामा क्षेत्र रहेर बालबालिकाका लागि हकहितका काम गर्दै आएको नगर बाल सञ्चाल इटहरीद्वारा नगर बाल सञ्चालका प्रतिनिधिहरूलाई समेटेर नगर बाल सञ्चाल इटहरीद्वारा वडा बाल सञ्चाल बिच चित्रकला प्रतियोगिता कार्यक्रम गरेको छ ।
बालबालिकालाई शिक्षा सँगसँगै चितकला सम्बन्धि ज्ञान दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । यो महिना अहिलेसम्म शनिबार दुई पटक चित्रकला प्रतियोगिता कार्यक्रम गरिसकेको छ ।
आगामी भदौ २९ गतेको बाल दिवस कार्यक्रमलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको नगर बाल इटहरीकि अध्यक्ष भिबुति काफ्लेले बताउनुभयो ।
नगर बाल सञ्चाल इटहरीको चाहना :बालमैत्रि नगर घोषणा भन्ने मुल नारका साथ नगर बाल सञ्चाल इटहरी हिनिरहेको छ । इटहरी उपमहानगरपालिकाको समन्वयमा इटहरीको Ydc को भवनमा कार्यक्रम गरेको थियोे । बाल सञ्चालले हाजिरी जवाफ प्रतियोगित ,सामाजिक कार्य ,सरसफाइ सम्बन्धि कार्य गर्दै आएको छ ।


