इटहरी / अतुल्य आयुर्वेद फार्मेसी इटहरी द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
फार्मेसीले इटहरीमा पेट, आन्द्रा, छाला सम्बन्धी रोगहरूका साथै स्त्री तथा यौन रोग, पायल्स, फिस्टुला, मलद्वार सम्बन्धी र हाडजोर्नी नशा, श्वासप्रश्वास सम्बन्ध लगायतको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरेको थियो । फार्मेसीले अब डाक्टर प्रकाश लिम्बू द्वारा प्रत्येक दिन निःशुल्क ओपिडी सेवा समेत शुरु गर्ने भएको छ । निम्न आय भएका बिरामीहरूको माग अनुसार निःशुल्क स्वास्थ्य शिविर गरिएको अतुल्य आयुर्वेद फार्मेसी इटहरीका सञ्चालक महेश थापाले जानकारी दिनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा १ सय बढीले प्रत्यक्ष सेवा लिएका थिए ।


