विराटनगर / विराटनगरमा यहीँ भदौ २७ गतेदेखि ३० गतेसम्म विशाल कृषि एक्स्पो आयोजना गरिने भएको छ।नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशले भदाै २७ देखि ३० गतेसम्म सञ्चालन गर्ने एक्स्पाेकाे तयारी पूरा भएको हाे । एक्स्पाे विराटनगरकाे तीनपैनीदेखि पूर्वतर्फ रहेको कृषि बजारमा हुनेछ । एक्स्पाेमा १३० वटा स्टल रहने छन् । यो एक्स्पोले कृषि क्षेत्रमा नवीनतम प्रविधि, नवाचार र उत्पादनलाई प्रोत्साहन गर्दै किसानहरूको ज्ञान र सीपमा वृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताउनु भयो ।नेपालमा कृषि क्षेत्र प्रमुख आयस्रोत
विराटनगर / नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीको अध्यक्षमा धिरज राई निर्वाचित भएका छन् । दुहवीमा सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन्।स्थायी कमिटी सदस्य तथा दुहवी इञ्चार्ज सन्तोषी श्रेष्ठको सभाअध्यक्षता तथा नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत को प्रमुख आतिथ्यमा भएको अधिवेशन बाट उपाध्यक्षमा सहवाज आलम र रचना राई , सचिवमा अनुज कट्वाल , उपसचिवमा आशु मण्डल र अनिता राई, कोषाध्यक्षमा आशिषकुमार तब्दार सहित कार्यसमितिमा २१ जना सदस्य निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने बताउनुभएको छ । आज कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“ यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ
इटहरी/ नेकपा एमालेले बिराटनगरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन १ दिने कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश स्थित केन्द्रीय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरु को सहभागिता रहेको थियो ।अनुशासन आयोगका सचिब प्रा डा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अनुशासन आयोगका अध्यक्ष केशब बडाल ले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन , अनुशासन र पारदर्शीता लगायत बिषयमा प्रशिक्षण दिए ।कार्यक्रम
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्। विराटनगरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि र कर्मचारीको घनिष्ठ सहकार्यले मात्र देशको समग्र विकास सम्भव हुने बताए। कार्यक्रम मोरङ जिल्ला प्रशासन कार्यालयद्वारा निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको थियो।मेयर कोइरालाले जनप्रतिनिधिले नीति निर्माण गर्ने तर त्यसको कार्यान्वयन कर्मचारीहरूले गर्ने भएकाले उनीहरूबीचको सम्बन्धले देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले भने, “जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र
संखुवासभा / संखुवासभाको मादीमा बसको चक्काले किचेर एक युवकको मृत्यु भएको छ।बिहीबार साँझ करिब ७ बजेतिर मादी नगरपालिका– ९ स्थित ओखरबोटेदेखि फाबिङतर्फ जाँदै गरेको को.१ख ५१४१ नम्बरको मकालु बसले सोही बसमा सवार २९ वर्षीय भक्तबहादुर तामाङलाई किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।मादी– ९ को फाबिङदेखि भित्री कच्ची सडक हुँदै मादी नगरपालिकाको केन्द्र ओखरबोटे निस्कने सडकखण्डमा सो दुर्घटना भएको हो। सोही वडा बस्ने नरबहादुर तामाङका छोरा भक्तबहादुर बसको ढोकाबाट अचानक लडी भुइँमा खस्दा पछाडिको चक्काले किचेको प्रहरीले जनाएको छ। बसको चक्काले कम्मरमुनिको भाग किचिएको अवस्थामा गम्भी
रामधुनी / निम करोली बाबा सेवा समिति रामधुनी वडा नम्बर ५ को परिचयात्मक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । भर्खरै बनेको समितिले रामधुनि र बहारक्षेत्र नगरपालिकाका जनप्रतिनिधि बिच परिचयात्मक कार्यक्रम गदै रामधुनि मन्दिरमा निम करोली बाबाको नाममा धर्मशाला बनाउने विषयमा छलफल गरेको छ । समितिकाका अध्यक्ष अच्युत तिम्सिनाको टोलीले रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी र बहारक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवार समक्ष धर्मशाला बनाउने विषयमा आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरिएको थियो । रामधुनि नगरपालिका मेयर चौधरी र बराहक्षेत्र नगरपालिकाकी उपमेयर सुनव
इटहरी / ईटहरी उप-महानगरपालिकामा आर्थिक वर्ष ०८०/०८१ मा उपभोक्ता समितिहरूले सञ्चालन गरेका विकास योजनाहरू सम्पन्न भइसकेको महिनाौं बितिसक्दा पनि भुक्तानी नपाएका कारण उपभोक्ता समिति र उनीहरूसँग सम्बन्धित विभिन्न समूहहरू आर्थिक संकटमा परेका छन्। उपभोक्ता समितिहरूले उक्त रकम भुक्तानीका लागि पटक–पटक उमहानगरपालिकासँग माग राखे पनि, उपमहानगरपालिकाले विभिन्न कारण देखाउँदै अझै भुक्तानी दिन नसकेको जानकारी प्राप्त भएको छ। यसका कारण श्रमिक, व्यवसायी, आपूर्तिकर्ता र उद्योगीहरू समेत प्रत्यक्ष प्रभावित भएका छन्।गत आर्थिक वर्षमा ईटहरी उप-महानगरपालिकाको बजेट र नीतिअनुसार उपभोक्ता समितिहरूले महानगरपालिका र वडा स्त
इटहरी / अखिल नेपाल महिला संघ इटहरीले हरितालिका तिज पर्वको पावन अवसरमा विशेष तिज कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्देश्य परम्परागत संस्कार, संस्कृति र तिज पर्वको मौलिकतालाई संरक्षण गर्दै समाजमा महिलाहरूको एकतामा योगदान पुर्याउनु थियो। संघकी अध्यक्ष कमला निरौलाको अध्यक्षतामा आयोजित यस कार्यक्रमको प्रमुख अतिथि नेपाल महिला संघकी केन्द्रिय सचिवालय सदस्य, अखिल नेपाल महिला संघ सुनसरी जिल्ला इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य रूकमिना कोइराला थिइन्। कोइरालाले तिज पर्वले नेपाली समाजमा महिलाको भूमिकालाई उजागर गर्ने अवसर प्रदान गर्ने र यस पर्वले समाजमा एकताका साथै परम्परागत संस्कृतिको जगेर्ना गर्ने
इटहरी / सुनसरीको इटहरीमा कोशी प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रादेशिक स्वास्थ्य ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्याय र पेसागत मर्यादाका लागी स्वस्थ्यकर्मीको एकता आम नागरिकका लागी गुणस्तरीय स्वस्थ्य सेवा हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई अत्मसाथ गर्दै रास्ट्रिय स्वास्थकर्मी महासघ नेपालले बिभिन्न कार्यक्रम भएको गरिरहेको छ । स्वास्थकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक गौतमको प्रमुख अतिथ्यता तथा कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको विशिष्ट आतिथ्यतामा मा भएको कार्यक्रम स्वास्थकर्मी महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष रामकुमार धमलाको अध्यक्षतामामा भए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.