इटहरी / सुनसरीको इटहरीमा कोशी प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रादेशिक स्वास्थ्य ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 सामाजिक न्याय र पेसागत मर्यादाका लागी स्वस्थ्यकर्मीको एकता आम नागरिकका लागी गुणस्तरीय स्वस्थ्य सेवा हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई अत्मसाथ गर्दै रास्ट्रिय स्वास्थकर्मी महासघ नेपालले बिभिन्न कार्यक्रम भएको गरिरहेको छ । स्वास्थकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक गौतमको प्रमुख अतिथ्यता तथा कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको विशिष्ट आतिथ्यतामा मा भएको कार्यक्रम स्वास्थकर्मी महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष रामकुमार धमलाको अध्यक्षतामामा भएको हो । 

IMG_20240907_140729

स्वस्थ्य कर्मीका समस्यालाई जोड्दै प्रदेशमा निर्माण हुने ऐनका बिषयमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा ऐनका बिषयमा कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीले सहजिकरण गर्नुभएको छ । 

 स्वास्थ्यमा दिर्घ सेवा दिएकाे र स्वास्थ्यकाे ट्रेड युनियन आन्दोलनमा अथक याेगदिन दिए बापत प्रदेश महासंघकाे तर्फवाट डम्बर बल्लभ मिश्र, शालिग्राम कार्की, शिवनारायण यादव, तुलसि गुरागाईं, राम चरण चौधरीलाइ सम्मान गरेको छ ।

IMG_20240907_144203

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष जगत नेपाली, उपमहासचिव हिमालय तिवारी सचिव रामचन्द्र मिश्र, पुर्व केन्द्रिय उपाध्यक्ष शिवनारायण यादव, तुलसी प्रसाद गुरागाईं केन्द्रीय सदस्य नगेन्द्र भट्टराई, सबिता सापकोटा साथै कोशी प्रदेशका १४ जिल्लाका बिभिन्न स्थानिय निकाय लगायतका स्वस्थ्यकर्मी हरुको उपस्थिति रहेको थियो।

IMG_20240907_144354