रामधुनी / निम करोली बाबा सेवा समिति रामधुनी वडा नम्बर ५ को  परिचयात्मक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । 

भर्खरै बनेको समितिले रामधुनि र बहारक्षेत्र नगरपालिकाका जनप्रतिनिधि बिच परिचयात्मक कार्यक्रम गदै रामधुनि मन्दिरमा निम करोली बाबाको नाममा धर्मशाला बनाउने विषयमा छलफल गरेको छ ।  समितिकाका अध्यक्ष अच्युत तिम्सिनाको टोलीले रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी र बहारक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवार समक्ष धर्मशाला बनाउने विषयमा आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरिएको थियो । 

रामधुनि नगरपालिका मेयर चौधरी र बराहक्षेत्र नगरपालिकाकी उपमेयर सुनवारले निम करोली बाबाको नाममा निर्माण हुने धर्मशालाको लागि आवश्यक सबै सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । 

साथै रामधुनि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कमल कार्कीले समेत सहयोगको प्रतिबद्धता जनाउनुभयो । रामधुनीमा आश्रम निर्माणपछि यहाँको धार्मिक तथा पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्ने समितिका अध्यक्ष अच्युत तिम्सिनाले बताउनुभयो ।

परिचय कार्यक्रममा समितिका अध्यक्ष तिम्सिना सहित उपाध्यक्षमा  प्रतीक्षा अधिकारी ,सचिवमा रुपेश शाह, सहसचिवमा सदिच्छा दाहाल,कोषाध्यक्षमा निमेष कोइराला सदस्यहरूमा खगेन्द्र पौडेल ,ज्ञानेन्द्र कार्की,खुसी लाल ठाकुर ,लिखा देवी थापा र जेनिसा तिम्सिना लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । साथै रामधुनी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्य लगायतको समेत सहभागिता रहेको थियो ।