इटहरी । थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशन रामधुनी ५ स्थित कल्प वृक्ष पार्टी प्यालेशमा सम्पन्न भएको छ । अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा प्रदीप बास्मैत चौधरी निर्वाचित हुनुभएको छ । कार्यसमितिमा उपाध्यक्ष करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी, महासचिव सुनिल चौधरी, सचिव अभिराम चौधरी, कोषाध्यक्ष सीत वसन्त चौधरी, र सहकोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् । सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी, सरोज चौधरी, र पूष्पलाल चौधरी निर्वाचित भएका छन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष प्रदीप बास्मैत चौ
इटहरी । एसियन हाइवे अन्तर्गतको पथरी शनिश्चरे सडक खण्डमा पक्की ढल सहितको फुटपाथ र विभिन्न स्थानमा ओभरहेड ब्रिज ( आकाशेपुल ) सहित ६ लेनको सडक निर्माण गर्न माग गरिएको छ । आईतबार पथरी शनिश्चरे नगरपालिकाको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको उपस्थितिमा एक सर्वपक्षीय तथा सर्वदलीय बैंठक भएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षतामा भएको सो छलफल सहितको बैंठकमा सडक डिभिजनका प्रतिनिधि तथा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना राय– सुझावहरू दिनु भएको थियो । सो बैठकका क्रममा अधिकांश सरोकारवालाहरूले पथरिशनिश्चरे नगरपालिकाको बढ्दो जनघनत्व तथा बजारीकरणलाई मध्येंनजर
इटहरी । कार्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पुर्ण बहादुरको सारंगी’ को प्रचार प्रसारात्मक साङ्गीतिक कार्यक्रम इटहरी र धरानमा शनिबार सम्पन्न गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल र अन्जना बराइली सहित गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो । मन्डला नाटकघरको जुनकिरी ट्रकको स्टेजमा इटहरीको संगीत चोकमा साङ्गीतिक कार्यक्रम सहित फिल्मको प्रचारप्रसार गरिएको थियो । प्रचारप्रसार कार्यक्रममा फिल्मका गायक प्रशान्त सिवाकोटीले फिल्मका गीतहरू प्रस्तुत गरे भने सारंगी बाधक बिराजले सारंगीमा र्याप प्रस्तुत गर्नुभय
इटहरी । कसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत रामधुनी सेवा केन्द्र एकाईको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गर्नुभएको थियो । शुरुवातमा ३४ जना व्यक्ति र रु १७ सयको पुँजीबाट सुरु भएको यो संस्था अहिले २३ हजार ३ सय ६८ जना सदस्यता विस्तार भएको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुसार, १३ करोड ९७ लाख ५८ हजार रुपैयाँको सेयर पुंजी रहेको छ । संस्थाले १ करोड ३१ लाख १२ सय ५२ रुपैयाँ ऋण लगानी गरेको छ भने कुल आम्दानी १८ करोड ६० लाख ७९ हजार १ सय ६६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । “संस्था स्थापनाको २९ वर्ष पूरा भए पनि कानुन
मोरङ / काठमाण्डौको चित्लाङ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शनिवार सम्पन्न खेलमा आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै चित्लाङले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक एलएक्स सिटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । चित्लाङको जीतमा सनम धिमाल र विदेशी खेलाडी कार्लोस र हेनरीले एक-एक गोल गरे । आयोजकको तर्फबाट सुशील राई र प्रदीप लामाले गोल गरे पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन ।
धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो । । न्यायधिस ध्रुवराज नन्दको इजलासले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो। मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उन
काठमाडौं : नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ ।दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्यो । यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
इटहरी : जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्टमाथि हातपात भएको छ । इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि हातपात गरेका हुन् । आफ्नी आमाको उपचारका लागि अस्पताल गएका थापाले चिकित्सकले गम्भीर लापरबाही गरेकाले मेसु राईमाथि हातपात गरेको बताएका छन् ।थापाकी आमाको ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्टको आधारमा मेसु राईले औषधी सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा गम्भीर त्रुटि भेटिएको थापा पक्षको दाबी छ ।थापाले प्रहरीलाई बताएअनुसार बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधी सिफारिस गरेर बिरामीको स्वास्थ्यम
काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै छ । शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो । अ
<strong>काठमाडौँ</strong>, ३ कार्तिक । महिला विकास उत्सुकता मञ्च (फरवार्ड) मार्फत सुनसरी निर्वाचन क्षेत्र नं. ३ का एक सय विपन्न परिवारलाई निःशुल्क घर निर्माण गरिदिने सहमति भएको छ । ताइवानी संस्था चुजी फाउन्डेसनको सहयोगमा फरवार्डले ती घरहरू निर्माण गर्नेछ । जस अन्तर्गत पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर र इनरुवा नगरपालिका वडा नं ७ (चांद्बेला) मा ३० घर निर्माण हुनेछन् । सोही परियोजना अन्तर्गत गढी र चांद्बेलाका स्थानीयसँग प्रारम्भिक छलफल गरिएको छ । त्यस अवसरमा बोल्दै पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले स्थानीयमा उत्साह, आशा, भरोसा र विश्वास रहेको प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.