इटहरी । थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशन रामधुनी ५ स्थित कल्प वृक्ष पार्टी प्यालेशमा सम्पन्न भएको छ । अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा प्रदीप बास्मैत चौधरी निर्वाचित हुनुभएको छ । कार्यसमितिमा उपाध्यक्ष करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी, महासचिव सुनिल चौधरी, सचिव अभिराम चौधरी, कोषाध्यक्ष सीत वसन्त चौधरी, र सहकोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् । सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी, सरोज चौधरी, र पूष्पलाल चौधरी निर्वाचित भएका छन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष प्रदीप बास्मैत चौधरीले “थारू समुदायका माग र मुद्दाहरूलाई कला, संगीत, र चलचित्रको माध्यमबाट अघि बढाउने“ मिशन रहेको बताउनुभयो । साथै, संस्थाले कलाकारहरूलाई प्रशिक्षण दिने, समाजमा विद्यमान विकृति र विसङ्गतिलाई सृजनात्मक माध्यमबाट समाधान गर्ने, र आफ्नै जग्गाको व्यवस्था गर्ने लक्ष्य रहेको अध्यक्ष विनोद चौधरीले बताउनुभयो । संघको आफ्नै कार्यालय स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा थारू चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीको उपस्थिती रहेको थियो, भने विशिष्ट अतिथिमा थारू कल्याणकारी सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रनारायण चौधरी रहनुभएको थियो । निर्वाचन अधिकृत अधिवक्ता सुकदेव चौधरी र सदस्य रेणु चौधरी तथा मनोज चौधरीले निर्वाचन सम्पन्न गराउनुभएको थियो ।


