इटहरी । कसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत रामधुनी सेवा केन्द्र एकाईको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गर्नुभएको थियो । शुरुवातमा ३४ जना व्यक्ति र रु १७ सयको पुँजीबाट सुरु भएको यो संस्था अहिले २३ हजार ३ सय ६८ जना सदस्यता विस्तार भएको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुसार, १३ करोड ९७ लाख ५८ हजार रुपैयाँको सेयर पुंजी रहेको छ । संस्थाले १ करोड ३१ लाख १२ सय ५२ रुपैयाँ ऋण लगानी गरेको छ भने कुल आम्दानी १८ करोड ६० लाख ७९ हजार १ सय ६६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । “संस्था स्थापनाको २९ वर्ष पूरा भए पनि कानुनी वैधताका आधारमा २३ वर्ष पूरा भएको छ ।” शालिकराम ढकालले संस्थाले मात्रात्मक रुपमा उल्लेखनीय वृद्धि गर्दै गुणात्मक सेवा विस्तार समेत गरिरहेको बताउनुभएको छ भने, सस्थाका सेयर सदस्यहरुलाई वार्षिक हिसाव, संस्थाले गरेका कार्यलाई पादर्शी बनाउन साधारण सभा आयोजना गरिएको संस्थाका अध्यक्ष ढकालले बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्था विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै आएको छ । हाल, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड समाजको विभिन्न तह र तप्कामा लोकप्रिय बन्दै गएको छ । संस्थाले आगामी दिनमा अझ सेवा विस्तार गर्दै सदस्यहरूको हितमा काम गर्ने प्रतिवद्धता जनाएको छ । संस्थाले आगामी वर्षहरूमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने योजना सहित, सदस्यहरूको वित्तीय र सामाजिक उत्थानमा सक्रियता पूर्वक योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


